Saturday, April 21, 2018
समाचारसमाज

शृङ्खला खतिवडा बनिन् यस बर्षको मिस नेपाल

काठमाडौ । ‘मिस नेपाल २०१८’ को ताज शृङ्खला खतिवडाले जितेकी छिन् । अन्नपूर्ण होटेलमा भएको ग्राण्ड फिनालीको प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले ‘मिस नेपाल -२०१८’को उपाधि जितेकी हुन् ।

एक महिनाको लामो प्रशिक्षणपछि २५ प्रतिस्पर्धीबाट छानिएका ७ जना फाइनलिस्टबाट खतिवडा मिस नेपालमा छानिएकी हुन्। अब खतिवडाले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।

मिस नेपालका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नु पर्ला ?’ प्रश्नको उत्कृष्ट जवाफ दिदै खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी हुन् । खतिवडालाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराई दिएकी थिइन्।

शारीरिक रुपमा ५ फिट ६ इञ्चकी मिस नेपाल–२०१८ शृङ्खला खतिवडा कलेज टपर हुन् । उनी पुल्चोक इन्जिनियरिङ कलेज टपर विद्यार्थी हुन्। उनी आर्किटेक्टकी विद्यार्थी हुन् । लेखनमा पनि रुचि भएकी उनले आफ्नो पुस्तक प्रकाशन गर्ने लक्ष्य राखेकी छिन्। उनी आर्किटेक्ट बन्न चाहन्छिन्।

यसैगरी प्रिया सिग्देल मिस नेपाल अर्थ भइन् । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’ की विजेता रोजिना श्रेष्ठले क्राउन लगाई दिएकी थिइन्। उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् भने नगद समेत प्राप्त गरिन् ।

यस्तै मिस नेपाल इन्टरनेसनको उपाधि रोनाली अमात्यले जितिन् । उनले अव ‘मिस इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व समेत गर्ने भएकी छन्।

गत वर्ष पहिलो पटक घोषणा गरिएको ‘मिस नेपाल एसिया प्यासिफिक’ भने यो वर्ष प्रतियोगितामा समावेश गरिएन । यो बर्षको संस्करणदेखि थपिएको मिस नेपाल युनिभर्सको ताज मनिता देवकोटाले हात पारिन् ।

मिस युनिभर्स २०१७ मा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेकी नग्मा श्रेष्ठले उक्त ताज मनितालाई पहिराई दिएकी थिइन भन अब उनले ‘मिस यूनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।