Saturday, April 21, 2018
समाचारसमाज

ह्याप्पी साइन्स नेपालले महा-भूकम्पको तेस्रो वार्षिक कार्यक्रमको आयोजना गर्ने

काठमाडौ । काठमाडौको सितापाइलास्थित धार्मिक संस्था ह्याप्पी साइन्स नेपालले आगामी २०७५ साल बैशाख १६ गते शनिवारका दिन महा -भूकम्पको तेस्रो वार्षिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बैशाख १६ गते शनिवारको दिनलाई २०७२ साल बैशाख १२ र २९ गते गएको महाविनाशकारी भूकम्पमा परि हजारौको संख्यामा ज्यान गुमाउनेहरुप्रतिको सम्झनामा मृतआत्माले चीरशान्ती पाओस् र अव आइन्दा यस्तो दिनहरु नदोहोरिओस् भन्नाका खातीर यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यस स्रद्धाञ्जली तथा खुशी बहाली प्रार्थना समारोहमा जापान, भारत, वांलादेश लगाएत अन्य विभिन्न मुलुकका प्रमुख आतिथ्यमा मन्त्रोच्चारण गरी भावपूर्ण स्रद्धाञ्जली तथा प्रार्थना गरिने संस्थाका नेपाल विभाग प्रमुख दिनेशमान जोशीले वताए।

ह्याप्पी साइन्स नेपाल एक अन्तराष्ट्रिय धार्मिक संस्था हो । जहाँ अहिलेसम्म १२ करोडभन्दा बढी सदस्यहरु आबद्ध यस संस्थाले धार्मिक शैक्षिक र राजनीतिक रुपमा विश्वमा शान्ति फैलाउदै लाने मूल उद्देश्यकासाथ अघि बढिरहेको छ ।

शिक्षाको रणनीति मार्फत दैविप्रकोपले क्षति पुर्याएका स्कूलहरुको पुनः संचालन गराउन स्कूलको पुनः निर्माणको लागि आर्थिक सहयोग गर्दै आएको यस संस्थाको प्रधान कार्यालय भने जापानमा रहेको छ । हालसम्म यस संस्थाले विश्वभरका धेरैजसो देशहरुको प्रमुख सहरहरुमा आफ्नो कार्यालयहरु स्थापना गरी मानवीय सेवामा जुटिरहेका छन् ।

ह्याप्पी साइन्स संस्थाको संस्थापक मास्टर रिहो ओकावा हुन् भने मास्टर रिहो ओकावो जन्म ७ जुलाई १९५६ मा जापानको टोकुसीमा भएको थियो । संस्थाले सामाजिक, धार्मिक लगाएत राजनीति कार्यमा समेत सहयोग पुर्याउनुको साथै देश विकासमा समेत टेवा पुरयाउँदै आएको छ।

यस कार्यक्रम मार्फत विपतमा दिवंगत भएका व्यक्तिहरुको आत्माको चिर शान्ती लगाएत बुद्धको जन्मभूमि नेपालको पुनः निर्माण गरि नेपालको सुख र समृद्धिको कामना गर्ने पनि संस्थाका नेपाल विभाग प्रमुख जोशीले दाबी गरे ।

विभिन्न कठिनाईका बाबजुद पनि क्रमिक रुपमा पुन निर्माण भइरहेको र राजनीतिको रणनीति मार्फत २०७५ साल (सन् २०१८) लाई नेपालमा खुशी स्थापना गर्ने वर्षको रुपमा मनाई नेपाल राष्ट्रको परिवर्तन गरेर लैजाने पनि जोशीको वताए ।