जीन्दगीको एक्लो यात्रामा मनिषा कोइराला

Thursday, August 18th, 2016 at 6:46 pm By:News Missile Celebrity, Film 2065 Views

Manisha Koiralaकाठमाडौ । बलिउडकी चर्चित नेपाली अभिनेत्री मनिषा कोइराला मंगलवारवाट ४६ बर्ष पुगेकी छन्। लामो समय देखि क्यान्सर रोगसंग संघर्षरत अभिनेत्री कोइरालाले केही समय अघि मात्र यस रोगवाट मुक्ति पाएकी थिइन् । मनिषाको जन्म सन् १९७० अगस्ट १६ मा काठमाडौंमा भएको हो ।

सन् १९८९ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फेरी भेटौँला’बाट अभिनय यात्रा सुरु गरेकी मनिषाले १९९० मा बलीउड चलचित्र ‘सौदागर’ बाट हिन्दी चलचित्रमा डेव्यू गरेकी थिइन ।

मनिषाले नेपाली र हिन्दी मात्र होइन तामिल, तेलेगु, मलाअलम चलचित्रमा पनि काम गरेकी छिन्। फिल्म फेयर अवार्डबाट सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार र ‘खामोशी’ चलचित्रबाट स्टार स्क्रीन सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार पनि मनिषाले जितिसकेकी छिन् ।

कयौ हिट र फ्लप चलचित्र पनि दिएकी मनिषाको फिल्मी यात्रा नेपाली चलचित्र भन्दा पनि बलीउड चलचित्रमा बढी रह्यो । उनले केही बर्ष अगाडी राजेश हमालको जोडी बनेर ‘धर्मा’ नामक नेपाली चलचित्रमा काम गरेकी थिइन । बलीउडस्टार सलमान खानसँग ‘खामोसिया स् द म्युजिकल’ मा काम गरेकी मनिषाको यो सबैभन्दा सुपरहिट चलचित्रको रुपमा हेरिन्छ ।

त्यस्तै उनले शाहरुख खानसँग चलचित्र ‘दिल से’ र आमिर खानसँग ‘अकेले हम अकेले तुम’ चलचित्रमा काम गरेकी थिइन । एक समय बलीउडमा राम्रै दबदबा रहेको मनिषाको ‘१९४२ अ लभ स्टोरी’ पनि सफल चलचित्र हो ।

मनिषाले २०१० मा सम्राट दाहालसँग विवाह गरेकी थिइन तर उनको बैबाहिक सम्बन्ध धेरै बर्ष टिक्न सकेन र उनीहरुले २०१२ मा सम्बन्ध विच्छेद गरे । त्यसपछि मनिषा अहिले एक्लो जिन्दगी विताइरहेकी छन् ।


Related Post

अमेरिकन बाबु मेड इन नेपाल- चलचित्रको पोष्टर रिलिज न्यूयोर्कवाटै हुने
‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रको पोष्टर रिलिज न्यूयोर्कवाटै हुने
‘ए मेरो हजुर-२’ को कमाइ, २ दिनमै २ करोडभन्दा माथि !
दिलवाली शुभेच्छा थापा अभिनित फिल्म “दिलदार” शुभमुहुर्त 
चर्चाको शिखरमा नायिका खुस्बु, जताततै खुस्बुमय