प्रकृतिको प्रसाद सर्मिला गुरुङ

Thursday, August 18th, 2016 at 2:38 pm By:News Missile Highlighted News, Music 11562 Views

sharmila-gurung2 काठमाडौ । मीठो स्वरकी धनी सर्मिला गुरुङ्गले आजसम्म दुई हजार भन्दा धेरै गीतहरुमा आफ्नो स्वर दिई सकेकी छिन् । उनी नेपाली लोक संगीतिक आकासमा चम्किलो नक्षत्रको रुपमा परिचित छिन् । गण्डकी अञ्चल स्याङ्जा जिल्ला यलादी गाउँ विकाश समिति वडा नं ४ खाल्टे, बुबा वेद बहादुर गुरुङ र आमा औसरी गुरुङको कोखवाट यस धर्तीमा पहिलो सन्तानको रुपमा २०३५ साल भदौ ४ गते पहिलो पटक पाइला टेकेकी हुन् ।

यसरी खाल्टेमै वालापन हुर्कदै गए । शर्मिलाले आफ्नै घाँसे वन जंगल यलादीमा दाउरा घाँस गर्दा खेरी, खेतबारीको मेलोपातमा थुप्रै लोक गीतहरु गाउँथिन् । आफ्नो स्वरमा यस्ता चर्चित गीतहरु यसरी रेकर्ड नै होलान् भन्ने उनको मनले चिताएकै थिएन । कल्पनामै थिएन ।

जीन्दगीले कोल्टे फेरे । हुने बिरुवाको चिल्लो पात भने जस्तै शर्मिला गुरुङ सुरिलो स्वरकी धनी, यलादीका एउटी महिला । अव त्यहाँका मान्छेले मात्र होइन, त्यहाँका बन पाखा पखेरु, ढुंगा माटो र घामपानीले समेत चिनिसकेको थिए उनलाई ।

sharmila-gurungसमयकै कुरा न हो, २०५० साल पछी उनका आवाजहरुले पोखरा प्रवेश गर्यो, जहाँ रेडियो नेपालको क्षेत्रीय प्रशारण स्थापित थियो । त्यस रेडियो प्रसारण केन्द्रमा लोक गायक पुरुश्वत्तम न्यौपानेसँग चिनजान भयो । त्यतिवेला देउराली कार्यक्रम प्रशारण हुने गथ्र्यो जो अत्यधिक चर्चित पनि थियो कार्यक्रम । त्यही देउराली कार्यक्रम मार्फत उनको स्वरहरु गुञ्जिन थाल्यो । त्यो गुञ्जाई धवलागिरी र गण्डकीका गाउँवस्ती अनि फाँटहरु स्वरपानमय भए ।

पोखरा स्याङ्जा ओहोर दोहोर गर्दा गर्दै रेडियोमा लोक गीत गाउँदा गाउँदै २०५६ सालमा स्वर परिक्षाको लागि सर्मिला गुरुङ काठमाडौ आइन् । रेडियो नेपालको स्वर परिक्षा पास पनि भइन् । यसपछी उनको गायनकलामा सुनमा सुगन्ध थपिए झै भयो र गायन यात्राले अझ औपचारीक बाटो समात्यो । गीतलाई पेशा र पैसासँग कहिल्यै नदाँज्ने गायिका सर्मिलाले पहिलो गीती एल्वम “निलो पछ्यौरी” २०५६ सालमै रेकर्ड गराएर बजारमा ल्याएकी थिइन् । त्यस एलवममा समावेश गरिएका गीतहरुले शर्मिलालाई देशैभरी चर्चित बनायो ।

यस्तै उनका आफ्नै १६ वटा लोक तथा लोक दोहरी गीतका संग्रह स्रोता माझ लोकप्रिय छन । उनको आफ्नै पहिलो गीति संग्रह गहना “गहना” चाहि २०५९ सालमा निस्किएको थियो भने एक पछि अर्को गर्दै शर्मिला गुरुङका गीतहरुले झनै सफलता पाउँदै गए । उनी भन्छिन् –असाध्यै श्रोताहरुले मन पराएका गीतहरुमा रानी घाटैमा, फर्क मुग्लानी, फर्क परदेशी, राम्दी पुल आदी थुप्रै छन् र ती गीतहरुले स्वयं आफ्नो मन छोएको वताउँछिन् सर्मिला । पुरस्कारको कुरा गर्दा उनले ५ सय भन्दा बढी पुरस्कार प्रमाण पत्र र हजार भन्दा धेरै सम्मान पत्र द्वारा सम्मानित र प्रशंसित भइसकेकी छिन् ।

sharmila-gurung1गायिका सर्मिलाले धेरै देशहरु र सहरहरुमा पुगीसकेकी छिन् । नेपाली लोक कार्यक्रमकै सिलसिलामा जापान, कोरिया, बेलायत, सिंगापुर, हंगकंग, मलेसिया बहराइन, बु्रनई, भारत,दुबई लगायत अरू धेरै देशमा पुगेर आफ्ना स्वर गुञ्जाईसकेकी छिन् ।

वालक देखि बृद्धासम्म उनको गीत र आवाजको फ्यान छन् । गायिका गुरुङ्गले रास्ट्रिय नाच घरमा ६ महिने संगीत तालिम लिएको भन्दा अरु कुनै औपचारिक संगीत तालिम नलिएको वताइन् । तालिमै नलिई गाउने कला हुनु त प्रकृतिले नै उनलाई दिएको गायनकला उपहार हो । उनी प्रकृतिकै प्रसाद हुन् । गीत गाउनमा सार्है पोख्त गायिका गुरुङ आफुलाई गायनको प्रेरणा स्याङ्जा कै मेलापात, चाडपर्व, हावापानी, भाका र घर परिवार हो भनेर ठोकुवाका साथ भन्छिन् । परिवारमा ४ बहिनी, एक भाइ र आमा बुबा । बुवाको साथ संधै पाइरहेँ नै र मेरा गाउँघर र छरछीमेकीले समेत उस्तै हौसला र धन्यवाद दिएका कारण म आज देशको सफल गायिकाको रुपमा चिनिएकी छु ।

झन्डै २० बर्षको यो गीती गायनयात्रामा सबै भन्दा ठूलो सम्पती भनेको स्रोता दर्शकको मायाँलाई नै ठान्छिन् गायिका गुरुङ । आफूबाट नेपाली मौलिक लोक गीतको निम्ति अझै योगदान गर्न बाँकी रहेको वताउँदै आएकी छिन् । म बाट जसरी स्तरिय र मौलिक लोक गीतको आशा स्रोता दर्शकले गरेको छ त्यो आशालाई र मैले पाएको आशिर्वादलाई संधै सम्मान पूर्वक राख्ने छु र सदुपयोग गर्नेछु।

शर्मिला गुरुङले २ हजार भन्दा धेरै गीतहरु सबै लोक तथा दोहरी गीतहरु नै छन् । दर्जनौंको संख्यामा गीतहरु संकलन र लेखन पनि गरेकी छिन् । प्राय बिरह र बेदनाका भाकाहरुमा नै गाउने गर्छिन उनी । गुरुङको आफ्नो गायन यात्राका पलहरु वडो कठिन र जटिल मोडमा रहेको वताइन् जो अहिलो सम्झिँदा कहिले कहिले त आँखा रसाउँछ । स्याङ्जाबाट राजधानी आएर स्थापित गायिका हुनु त्यति सजिलो कहाँ छ र शुरुका दिनहरुमा अग्रज नारायण रायमाझी, पुरुस्वत्तम न्यौपाने, बिमा कुमारी दुरा, हरीदेवी कोइराला लगायतले चुतौतीका जटिल समयमा गर्नु भएको सहयोग र देखाउनु भएको बाटो जसमा आजसम्म हिडिरहेको बताउँछिन् र कहिल्यै नभुल्ने प्रतिवद्धता पनि व्यक्त गर्छिन् ।

गायिका गुरुङ्गलाई झट्ट भेट्दा गम्भिर स्वभावको देखिन्छिन् । जति गम्भिर देखिन्छिन् त्यति नै उनी शालिन, सरल र मिलनसार पनि छिन् । उनका स्वरमा विरहका भाकाहरु धेरै रेकर्ड भएका छन् । युवा तन्नेरीहरुका मुटू नै छुने प्रणय प्रेम देखि हाँसो ठट्टाका सालै जो, रोइला र कौरा आदी छन् । आफ्नै गुरुङ भाषामा गायका गीतले समग्र गुरुङजातीहरुलाई लोभ्याएका त छ नै । प्रत्यक्ष दोहरी खेल्नमा समेत माहिर दोहोरी गीत खेलाडी सर्मिला गुरुङलाई दोहरी खेलेर जीतौंला भन्ने आँट नगरे नि हुन्छ ।

sharmila-gurung3समयको रफ्तारसँगै प्रविधिको विकास र विस्तार हुँदै जाँदा मान्छेका रुची र चाहना पनि बदलिनु स्वभाविक हो जस अनुसार सुन्ने गीतमा पनि फरक स्वाद खोजिनु सामान्य हो तर फरक र बजारको माग हो भन्ने नाममा अस्लिलाताको झाङ्गले शीलता र शिष्टतालाई अचेल छोप्न लागेकोमा अरु धेरैलाई झैँ गायिका शर्मिलाले पनि चिन्ता व्यक्त गर्छिन् । पर्वका नाउँमा निस्किने गीतले पर्वको मर्म नखल्बलियोस भन्ने तिर गायक, संकलक, रचनाकार र संगीत कम्पनीहरु सचेत रहनु पर्ने बुझाइ छ उनको ।

अक्सर अरु बेलामा भन्दा तीजमा धेरै गीत रेकर्ड हुने हुँदा धेरैमा राम्रोसंगै नराम्रो पनि मिसिएको होला भन्ने लाग्दछ गायिका गुरुङलाई र भन्छिन् “चामलमा घुन पुतली सबै लाग्छन् तर हामीले कुहिएका सडेका र घुन पुतली लागेकालाई छुट्याउनु पर्छ, बोराको एउटा आलु कुहियो भन्दैमा बोरै मिल्काउने होइन कि कुहिएको आलु लाई मात्र निकालेर, अरुलाई कुहिन दिनु हुदैन त्यो जिम्मा चै हामी सबैको हो, हामी गाउनेले नराम्रो नगाए, बजाउने, देखाउने, लेख्ने संचार माध्यमले नराम्रो नबजाए, नदेखाए र नलेखे अनि सुन्ने हेर्ने र पढ्नेले त्यो खराब नसुन्दे, नहेर्दे र नपढ़दे देखिन खरावहरु आफै बढारिन्थे र राज्यले मौलिकता केलाउने चाल्नो बनावस जसमा केलाएर राम्रो छान्न सकियोस ।”

शर्मिला गुरुङले बिशेष पर्वका गीतहरु पनि बर्षेनी गाउँदै आएकी छिन् । अझ तीजका गीतहरु त नियमित नै छन् । अघिल्ला बर्षहरुमा झैं यसवर्ष (०७३) तीजमा पनि उनले एउटा अर्को रमाइलो र घतलाग्दो तीज गीत “मनमा छ पिरलो” लिएर बजारमा आएकी छिन् । यस “मनमा छ पिरलो” गीतमा महिलाले वास्तविक भोग्ने पीर र व्यथाहरुका चाङ्ग मध्ये कर्म घरको भित्रि पीँडाको उजागर गरेको पाइन्छ ।


Related Post

छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
डिपी परिश्रमीले ल्याए मार्मिक भिडियो ‘परदेशी छोरोे’
‘आई लभ यु २’ को १ लाख पुरस्कार कसले हात पार्ला ?
‘आउन पाइन दशै र तिहारमा’ मार्मिक भिडियो सार्बजनिक
‘मेरो मुटु’ चोरिएको म्यूजिक भिडियो सार्बजनिक