सेलिव्रेटी पहिरन र सौखको स्वाद चाख्ने रहस्य

Sunday, June 26th, 2016 at 2:56 pm By:News Missile Blogs, Celebrity, Highlighted News, Life & Style 1652 Views

विदेशमा नाम चलेका सेलिब्रेटीहरुको निक्कै डिमाण्ड हुने गर्दछ । उनीहरुका हरेक बोली बिक्ने गर्दछ । उनीहरुका लागि मरिमेट्ने हजारौ हजारौ हुने गर्दछ । चाहेको जे कुरा पनि जसले पनि पूरा गरिदिनेहरुको कमी हुंदैन । अझ ती सेलिबे्रटीले फेर्ने हावाको समेत मूल्य हुने गर्दछ भन्ने पाइन्छ । ती सेलिब्रेटीले लाएका पहिरनको खरिद गर्न समेत हानाथाप गर्नेहरुको कुनै कमी हुंदैन । महंगो दररेटमा ती सेलिब्रेटीका पहिरन लिलामीमा मूल्य राख्ने धनाढ्यहरुको यो दुनियाँमा कमी छैन् ।

मर्लिन मुनरो देखि सन्नी लियोनीसम्मका पहिरनका मूल्य लगाउने धनाढ्य तथा नव–धनाढ्यहरुको शौखले सेलिबे्रटीको नाम तथा इज्जतमा थप चाँद बढाउने कार्य भैरहेको छ । विशेषत ती धनाढ्यहरुले सेलिबे्रटीका अण्डर गार्मेन्ट पहिरनमा बढी मूल्य राख्ने गरेको पाइएको छ ।

अण्डर गार्मेन्टहरुको लागि मरिमेट्ने पारखीहरुलाई कतिपय अवस्थामा सन्कीको उपनाम दिने गरेको छ । बेलायती पूर्वयुवराज्ञी डायना देखि अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी प्रेमिका मोनिका लेविन्सकीसम्मका अण्डर गार्मेन्टमा मोल राख्न खोज्ने सन्कीहरुको कुनै कमी देखिदैनन् । उनीहरु यस्तै सेलिव्रेटीका पहिरनमा मोल राखेर सौखको स्वाद मेटाउने कसरतमा संसारभर नजर डुलाइरहेको पाइन्छ ।

sunny leoneआजको मितिसम्म नेपालका सेलिब्रेटीहरुको गार्मेन्ट तथा अण्डर गार्मेन्टमा नजर लाउने सन्कीहरु पाइएको छैन् । पाएमा नेपाली सेलिब्रेटीहरु पनि आफ्ना पहिरन लिलाममा राख्न इच्छुक देखिएका छन् । नेपाली सेलिब्रेटीका गार्मेन्ट तथा अण्डर गार्मेन्ट प्रति रुचि राख्नेहरु देखिएको छैन् ।

Lady-Dianaविदेशमा जस्तै नेपाली सेलिब्रेटीका पहिरनमा रुचि राख्नेहरु पाइएमा सदावहार सुन्दरी करिश्मा मानन्धर देखि रेखा थापासम्म र मिस नेपाल रुवि राणा देखि स्नेहा राणासम्मका पहिरनले पनि मज्जाले मोल पाउने थियो । उनीहरुले लगाएका पहिरनहरु त्यतिकै फोकटमा साथीभाइ तथा अनाथालयहरुमा पूनःप्रयोगका लागि जाने थिएन । महंगो मूल्यमा आफ्ना पहिरनको लिलामी गर्न प्राय नेपाली सेलिब्रेटी इच्छुक पाइएको छ । पुरुष या महिला नेपाली सेलिब्रेटीको पहिरनमा मूल्य लगाउने सन्कीहरु कुनै न कुनै बेलामा नेपालमा पनि पाइने अपेक्षा गरिएको छ ।

जसरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोटको मूल्य लगाउनेहरुले नेपालमा केपी ओलीको टोपी, सुशील कोइरालाको चश्मा, राष्ट्रपति डा.रामबरण यादवकी एक मात्र पुत्री अनिता यादवले लाउने कुर्थाको मोल लाउनेहरु पनि अवश्य हुनेछन् । झरना थापा र झरना बज्राचार्यहरुका कोठाभरि भरिएका अण्डर गार्मेन्टले मज्जाले मूल्य पाउने दिन अवश्य आउने छन् ।


Related Post

MASCULINE VS FEMININE MORALITY
What is Advertising?
Wai Wai Teen Hero
बलिउड स्टारका खान्कीमा रोचक तौर तरिकाहरु
हरिराम र लिलाको मन्दिरमै वास