मिस नेपाल अश्मीको लक्ष्य मिस वल्र्ड

Saturday, April 23rd, 2016 at 12:29 pm By:News Missile Celebrity 1481 Views

missnepal -2016काठमाडौ । हरेक सुन्दरीको मिस नेपाल बन्ने सपना हुने गर्छ । ती सवै सुन्दरीहरुको मिस नेपाल बन्ने सपना पूरा हुंदैन । मिस नेपाल बन्न सुन्दरताको अलावा बौद्धिक ट्यालेन्ट पनि हुनु आवश्यक छ । ब्रेन एण्ड व्युटीवाट नै मिस नेपाल छान्ने गरिएको छ।

miss nepalचितवनकी २२ बर्षिय अश्मी श्रेष्ठ मिस नेपाल बनेकी छन् । मिस नेपाल बन्नुलाई आफूले जीवनकै बेग्लै गौरब तथा शानको रुपमा लिएको मिस नेपाल अश्मीले बताएकी छन्।

missnबीबीएको अध्ययन पूरा गरिसकेकी अश्मी मिस नेपाल हुनु अघि आफू सामान्य युवती भएतापनि मिस नेपाल बनेपछि रातारात सेलिब्रेटी बनेको प्रतिक्रिया व्यक्त गरेकी छन् ।

यो बर्ष हुन गइरहेको मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेर भाग लिन जाने तयारीमा रहेकी उनी मिस वल्र्डमा मिस वल्र्ड बन्ने सोचमा पनि रहेकी छन्। ।

भोलिको दिनको बारेमा आजै भन्न नसकिने भएतापनि प्रयत्नले नै सफलताको शिखर चुम्न मदत गर्ने धारणा व्यक्त गरेकी छन् ।


Related Post

What is Advertising?
Melania Trump
जीन्दगीको एक्लो यात्रामा मनिषा कोइराला
सेलिव्रेटी पहिरन र सौखको स्वाद चाख्ने रहस्य