बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायलाई गृहमन्त्री शर्माको निर्देशन

Wednesday, September 13th, 2017 at 5:30 pm By:News Missile Highlighted News, Social 101 Views

काठमाडौ । गृहमन्त्री जनार्दन शर्माले छ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयमा आज केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री शर्माले तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउन निर्देशन दिएको हो ।

गृहमन्त्री शर्माले बाढीका कारण विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामाग्री अहिले नै किन्नु पर्ने बताए ।

मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खर लगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णय समेत गरेको छ।

 


Related Post

ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ
ब्रिटिस सेनालाई परास्त गरेको २ सय ५०औं वर्षगाँठमा साइकल यात्राको आयोजना
What is Advertising?