रशलाईटको रसिलो ‘दशैं फेशन नाइट २०१७’ हुँदै

Wednesday, September 13th, 2017 at 3:42 pm By:News Missile Entertainment, Fashion, Highlighted News 386 Views

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा रशलाईट मिडिया प्रा.लिको आयोजनामा ‘दशैं फेशन नाइट २०१७’ हुँदैछ।

‘दशैं फेशन नाइट २०१७’ शो मा चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा २२ जना मोडलहरु र्याम्पमा रापिलो पाराले उत्रिने पक्का-पक्की भइसकेका छन् ।

राजधानीकै व्यस्त स्थान तिनकुनेस्थित रोयल इभेन्टमा हुने रसिलो फेशन शोमा नेपालका चर्चित कलाकारहरुको ज्वालामुखीकै रुपमा प्रस्तुति रहने इभेन्ट म्यानेजर सनिल महर्जनले वताए ।

डिनाज कलेक्सन, जोजलप्पा कलेक्सनको डिजाइन ड्रेसमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ।

फेशन सम्बन्धी कार्यक्रम गर्ने रशलाईट मिडियाले एउटै स्टेजमा चर्चित मोडलहरुलाई यसरी खरो रुपमा प्रस्तुत गर्न लागेको हो।

असोज ७ गते शनिबार बेलुका ५ बजेबाट शुरु हुने ‘दशैं फेशन नाइट २०१७’ नाइट शो मा नेपालका लोकप्रिय चर्चित ब्राण्डहरुको सक्रिय सहयोगमा आयोजना हुन लागेको हो


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि