दशैको लागि नयाँ नोटको सटही शुरु

Wednesday, September 13th, 2017 at 11:13 am By:News Missile Economy, Highlighted News 160 Views

काठमाडौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोटको सटही आजदेखि शुरु गर्दैछ । राष्ट्र बैंकका कार्यालय र राष्ट्र बैंकले तोकेका बैंकका शाखाबाट आजदेखि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने राष्ट्रबैंकले जनाएको छ।

यस वर्ष एक जनाले २७ हजार रुपैयाँ सम्मको नयाँ नोट साट्न पाउनेछन् । राष्ट्र बैंकसँगै सरकारी स्वामित्व रहेका नेपाल बैंक लिमिटेड, कृषि विकास बैंकले पनि आफ्ना शाखाहरुबाट नयाँ नोट दिने छन्।

नेपाल बैंक र कृषि विकास बैंकबाट भने अधिकतम २० हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाइने छ । नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु काठमाडौका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुरबाट सटही गर्ने सुविधा दिइएको छ।

त्यस्तै सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्सालबाट समेत नयाँ नोट साट्ने सक्ने व्यवस्था गरिएको छ।

कृषि विकास बैंकका शाखा कार्यालय गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

काठमाडौं उपत्यका बाहिर पनि आजैदेखि नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकले दशैंका लागि ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको व्यवस्था गरेको छ ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि