चुनाव प्रचार-प्रसारको क्रममा पटेलको हत्या

Tuesday, September 12th, 2017 at 10:17 pm By:News Missile Highlighted News, Politics 102 Views

काठमाडौ ।  राष्ट्रिय जनता पार्र्टी नेपालका रौतहट जिल्ला स्थित मौलापुर गाउँपालिकाका प्रमुखका चुनावी प्रचार–प्रसारको क्रममा राजेन्द्र पटेलमाथि संघातिक आक्रमण गरी पटेलका १५ बर्षिय छोरा बलविर पटेलको हत्या भएको छ।

यस्ता अमानवीय क्रुर घटनाको राजपा नेपालले घोर भत्र्सना गर्दछ गर्दै मृतकको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवाजनमा धैर्य धारणाको शक्ति प्राप्तीको कामना प्रेश विज्ञप्ती जारी गरेको छ ।

असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजपा नेपालका कार्यकर्ताहरु माथि दिनदहाडै भएको संघातिक आक्रमण एवं हत्याको पार्टीलाई कुनै पनि शर्तमा सह्य नहुने जनाएको छ।

अविलम्ब यस घटनाको न्यायिक छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही एवं पीडितलाई क्षतिपूर्तिको निम्ति राजपा नेपाल सम्बन्धित पक्षसँग जोडदार माँग गर्दछ भन्दै प्रेश विज्ञप्तीमा उल्लेख गरेको छ।


Related Post

उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि
अमेरिका भ्रमणको क्रममा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्री देउवाको भेटवार्ता
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तिब्र, २२ गतेभित्रमा नाम, थर, पद र दस्तखतको नमूना पेश गर्नु पर्ने
मतगणना जारी, भोली बेलुकीसम्ममा धेरैजसो ठाउँको अन्तिम परिणाम सार्वजनिक हुने
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै