डेढ अर्ब रुपैयाँ भन्दा धेरै घोटालाको आरोप, खड्कालाई कारवाही गर्न सिफारिस

Tuesday, September 12th, 2017 at 6:37 pm By:News Missile Crime, Highlighted News 119 Views

काठमाडौ । आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले जग्गा खरिद प्रकरणमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारवाही गर्न आपूर्ति मन्त्रीलाई सिफारिस गरेको छ।

जग्गा खरिदबारे अध्ययन गरेपछि आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका सचिव देवकोटाले कारवाहीका लागि आपूर्तिमन्त्री शिवकुमार मण्डल समक्ष सिफारिस गरेको हो ।

जग्गा खरिद प्रकरणमा बदनियत प्रष्ट देखिएको र खड्कालाई राखे निगमलाई थप क्षति पुग्ने निष्कर्ष सहित खड्कालाई कारवाही गर्न सिफारिस गरिएको छ ।

खड्कामाथि डेढ अर्ब रुपैयाँ भन्दा धेरैको घोटाला गरेको आरोप छ । यसैबीच आपूर्ति मन्त्री शिवकुमार मण्डलले सम्बन्धित ठाउँमा कुरा राखिसकेको भन्दै सचिव देवकोटाको सिफारिस अनुसार काम गर्ने समेत बताए।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि