महिला ग्रुप आर्ट एक्जिविशन आजबाट शुरु

Tuesday, September 12th, 2017 at 6:09 pm By:News Missile Art & Culture, Highlighted News 463 Views

ललितपुर । योङ्ग पिकासोको अथक प्रस्तुतीमा आज प्रयास महिला ग्रुप आर्ट एक्जिविशन पाटन दरवार स्क्वायर स्थित पाटन म्यूजियमा उद्घाटनकार्य सम्पन्न भएको छ ।

पाटन म्युजियमको हलमा विशेष कार्यक्रमको आयोजना गरी प्रयास महिला ग्रुप आर्ट एक्जिविशनलाई ललितपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष सविन श्रेष्ठले पानसमा दीप प्रज्वलन गरिएको हो।

आर्ट एक्जिविशनमा महिलाहरुद्वारा फूर्सदको समयलाई सही सदुपयोग तयार पारिएको कलालाई क्यानभासमा उतारी उक्त आर्ट एक्जिविशनमा राखिएको छ ।

यस आर्ट एक्जिविशनमा १० जना महिला आर्टिष्टद्वारा विभिन्न स्थान, समय, परिवेशमा हुने गरेका र भएका वास्तविक कलालाई चित्रको रुपदिई क्यानभासमा उतारी महिलावर्गमा लुकेको कला र क्षमताले सावित गरिदिएको छ ।

यस प्रयास महिला गु्रप आर्ट एक्जिविशनले महिलामा पनि अदृष्य कला रहेको हुन्छ तर अवसरको कमीले मात्र पछि पारिरहेको प्रमाणित गरिएको हो भन्ने कुरालाई स्पष्ट पारेको छ ।

४० वटा चित्रकलाहरु प्रदर्शनीमा राखिएको छ भने प्रदर्शनी विहिवार (३दिन) सम्म रहने आयोजक तथा योङ्गपिकासोका प्रवन्ध निर्देशक अजय देसारले वताए ।

कार्यक्रम समारोहमा कलाकार, साहित्यकार, पत्रकार, कलामा रुचि राख्ने कलेजस्तरका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि