नारायणगढ-मुग्लिन सडकखण्ड चौबीसै घण्टा खुल्ला

Tuesday, September 12th, 2017 at 5:23 pm By:News Missile Highlighted News, Social 77 Views

काठमाडौ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक खण्ड भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ।

मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रातिमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ पठाईने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहक सवारी साधनलाई पठाईने छ ।

राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ ।


Related Post

What is Advertising?
स्वयम्भू परिक्रमा मार्गमा सवारी सञ्चालनको शुभारम्भ
नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर महालक्ष्मी नगरपालिका-६ को प्रथम अधिबेशन सम्पन्न
‘बालमैत्री शासन, बालअधिकारको सम्मान’ नारासहित बालदिवस मनाउँदै
बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायलाई गृहमन्त्री शर्माको निर्देशन