सौन्दर्यकला व्यवसायी संघले यसरी मनाउदैछन् ‘बालदिवस २०७४’

Tuesday, September 12th, 2017 at 9:31 am By:News Missile Highlighted News, Social 161 Views

काठमाडौ । सौन्दर्यकला व्यवसायी संघ, नेपाल र काठमाडौ जिल्ला समितिको संयोजकत्वमा बालदिवस २०७४ को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेका छन् ।

आयोजित बालदिवस २०७४ का दिन विभिन्न स्थानहरुमा रहेका अनाथ, असहाय, घरवारविहिन करिब ३५० जना बालबालिकाहरुलाई एकै ठाउँमा भेला गरी, र्यालीमा परिणत गराई मारवाडी सेवा समिति भवनमा गएर कार्यक्रमको समापन गरिने संयोजक तथा सौन्दर्यकला व्यवसायी संघ, नेपालका अध्यक्ष रीना शाक्यले जानकारी दिइन्।

त्यसपश्चात नाँचगान, खाना खुवाउने लगाएत अन्य बालउपयोगी सामाग्रीहरु ती बालबालिकाहरुलाई वितरण गरिने कार्यक्रम रहेको छ ।

सोही बालदिवस २०७४ कै अवसरमा विभिन्न आश्रमका अध्यक्षहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ।

यस बालदिवस २०७४ आयोजित कार्यक्रममा अनाथ असहाय बाल सुधार संघ, न्यू बालगृह, ओम श्री साई नेपाल बाल विकास केन्द्र, सृजना सामाजिक सेवा समाज, हेल्पिङ्गह्याण्ड सितापाइला, सहारा इन्टरनेशनल बाल गृह र बाल सुधार समाजको मुख्य सहभागीता रहने छ ।

 


Related Post

ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ
ब्रिटिस सेनालाई परास्त गरेको २ सय ५०औं वर्षगाँठमा साइकल यात्राको आयोजना
What is Advertising?