प्रहरीले पत्ता लगायो ‘भारतीय सुटर’ को अनेकौं रुप

Monday, September 11th, 2017 at 2:31 pm By:News Missile Crime 65 Views

काठमाण्डौ । २०६६ सालमा रुपन्देही प्रहरीले लागु औषध र हातहतियार मुद्दा एक जनालाई समात्यो, त्यस बेला पक्राउ परेका व्यक्तिले भारत जुगौली बताउँदै आफ्नो नाम बब्लु तिवारी प्रहरीलाई टिपाएका थिए।

गत पुस महिनाको अन्तिममा लागु औषधसहित एक जनालाई केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोले काठमाडौंबाट एक जनालाई पक्राउ गर्यो । प्रहरीलाई उनले अरबिन्द यादव नाम बताएका थिए।

२०६६ साल र गत पुसमा पक्राउ परेका व्यक्ति एकै भएको प्रहरीले पत्ता लगाएको छ।  भारतको मोतिहारी रक्सौल १ घर भइ सीमा क्षेत्रमा आतंक फैलाउँदै आएका बब्लु तिवारीले हरेक पटक पक्राउ पर्दा नाम परिवर्तन गर्ने गरेको खुल्न आएको हो ।

रुपन्देही प्रहरी प्रमुख भएर जाने वित्तिकै एसपी श्याम ज्ञवालीले सीमा क्षेत्रमा आतंक मच्चाउनेको सूची संकलन गरेका थिए।

अनुसन्धानका क्रममा हाल जगन्नाथ जेलमा रहेका तिवारी नै सीमा क्षेत्रमा आतंक मच्चाउने व्यक्ति रहेको ज्ञवालीले बताए।


Related Post

डेढ अर्ब रुपैयाँ भन्दा धेरै घोटालाको आरोप, खड्कालाई कारवाही गर्न सिफारिस
अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद
नेपाल आईडलले भुलेर पनि गर्न नहुने गल्ती यसरी गर्यो
जोन्सन एण्ड जोन्सन कम्पनी विरुद्ध शृङ्खलाबद्ध सुनुवाई, अहिलेसम्मकै ठूलो जरिवाना