प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा चुनावी दौडाहामा

Monday, September 11th, 2017 at 2:08 pm By:News Missile Highlighted News, Politics 125 Views

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जाने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभा र सिरहाको जिरोमाइलमा अपराह्न ४ बजे आयोजना हुने चुनावी प्रचार सभालाई सम्बोधन गर्नेछन् ।

सिरहाको सम्बोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्ने तालिका छ।

उनले भदौ २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नाका साथै कार्यकर्तासँग भेटी अपराह्न १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तैगरी भदौ २९ गते प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सर्लाहीको मलंगवामा अपराह्न १ बजे हुने आमसभा र अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गरी प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्नेछन् ।

भदौ ३० गते अपराह्न १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधनपछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा सोही दिन काठमाडौंँ फर्कने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।


Related Post

उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि
अमेरिका भ्रमणको क्रममा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्री देउवाको भेटवार्ता
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तिब्र, २२ गतेभित्रमा नाम, थर, पद र दस्तखतको नमूना पेश गर्नु पर्ने
मतगणना जारी, भोली बेलुकीसम्ममा धेरैजसो ठाउँको अन्तिम परिणाम सार्वजनिक हुने
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै