‘आई लभ यु २’ को १ लाख पुरस्कार कसले हात पार्ला ?

Monday, September 11th, 2017 at 11:55 am By:News Missile Entertainment, Highlighted News, Music 101 Views

काठमाण्डौ । शुभ मिडिया होमको प्रस्तुतीमा काुर्टन्ज क्रुलाई फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ अहिले चर्चामा रहेको छ।

बसन्त सापकोटको संगीत, दिनेश थपलियाको शब्द र सरोज ओलीको स्वरमा रहेको गीत एक महिना अघि सार्वजनिक भएको थियो। गीतलाई आजसम्म ३४ लाख पटक हेरिसकिएको छ ।

चर्चामा रहेको म्युजिक भिडियोको कभर डान्स प्रतियोगिता समेत राखिएको थियो । असोज २० गतेसम्म सो गीतको कभर डान्स गरी युट्युबमा अपलोड गर्नु पर्ने हुन्छ भने त्यसको लिंक शुभ मिडिया होममा पठाउनु पर्ने हुन्छ।

गीतको कभर डान्समा सहभागी हुनेहरुको संख्या बढ्दै गएको गीतको प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ।


गीतको कभर डान्स प्रतियोगिताको लागि अब २६ दिन मात्र बाँकी रहेकोले जतिसक्दो छिटो आफ्नो डान्सहरु पठाउनको लागि पनि शुभ मिडिया होमले अपिल गरेको छ ।

प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुबाट युट्युबमा धेरै भ्युअर्स र उत्कृष्ट डान्सको आधारमा बिजेता घोषणा गरिने छ। पुरस्कारको राशि १ लाख रुपैँया रहेको छ ।


Related Post

डिपी परिश्रमीको मार्मिक म्यूजिक भिडियो ‘झरेको जीवन’ सार्बजनिक
छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
डिपी परिश्रमीले ल्याए मार्मिक भिडियो ‘परदेशी छोरोे’
‘आउन पाइन दशै र तिहारमा’ मार्मिक भिडियो सार्बजनिक