खसीबोका भित्र्याउँने प्रक्रिया आजैबाट शुरु

Monday, September 11th, 2017 at 10:36 am By:News Missile Economy 87 Views

काठमाडौ । सरकारले दशैंका लागि काठमाडौं उपत्यकामा भित्र्याउने खासिबोका खरिद प्रकृया आजदेखि शुरु गरेको छ।

सरकारले हिमाली जिल्ला मुस्ताङबाट च्याङग्रा तथा दाङ र मकवानपुरबाट खासिबोका ल्याउने तयारी गरेको छ।

नेपाल खाद्य संस्थानले आजदेखि १ हजार च्याङग्रा र १ हजार ५ सय वटा खसिबोका ल्याउने तयारी गर्नुका साथै खरिदका लागि टोली खटाउन लागेको संस्थानका प्रबक्ता शंकर सापकोटाले जानकारी दिए।

संस्थानका प्रबक्ता सापकोटाका अनुसार दाङ र मकवानपुरबाट ल्याइने खसिबोका भने यातायातको सुविधा रहेको कारण केहि दिनपछि मात्रै खरिद गरिने बताए ।

 


Related Post

“रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ
१० वर्ष भित्रमा १२ हजार मेगावाट विजुली विस्तारको घोषणा
जलविद्युत् गृहमा आगलागी, तीन जिल्लामा विद्युत्सेवा अवरुद्ध
दशैको लागि नयाँ नोटको सटही शुरु