आजबाट मन्त्रीपरिषद सदस्यीय संख्या ५४ पुग्यो

Monday, September 11th, 2017 at 10:25 am By:News Missile Highlighted News, Politics 70 Views

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज फेरि मन्त्रीपरिषद विस्तार गर्दै छ ।

पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका तर्फबाट तीन मन्त्री र एक राज्य मन्त्री थपेर देउवाले मन्त्रीपरिषद विस्तार गर्न लागेको हो ।

प्रधानमन्त्री देउवाले दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनिल थापालाई उद्योग र विक्रम पाण्डेलाई वन मन्त्रालयको जिम्मेवारी तोकेको छ भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाएको छ।

नवनियुक्त मन्त्रीहरुको आज विहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहण हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए ।

राज्यमन्त्री लामाको सपथ भने बेलुकीसम्म हुने उनले बताए । यो विस्तारसँगै मन्त्रीपरिषद् अहिलेसम्मकै ठूलो ५४ सदस्यीय पुगेको छ।


Related Post

प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
परिचयपत्र वितरण हुदै, बेलुकासम्ममा बुथ निर्माण भइसक्ने
मौन अवधि पर्सि मतदान नसकिएसम्म जारी रहने
प्रतिनिधिसभा र प्रदेशसभाका लागि काठमाण्डौंबाट काँग्रेसका अमिन पाण्डे लगाएत दावेदारहरु को को छन्?