मुक्तकको खडेरीमा ‘समैं दर्बानी’ मुक्तक संग्रह लोकार्पण

Sunday, September 10th, 2017 at 7:35 pm By:News Missile Education & Leatrature, Highlighted News 97 Views

काठमाडौ । आजकल मुक्तकको खडेरीको महसशुस लागेको अवस्थामा गुरुङ र नेपाली दुबै भाषामा लिखित ‘समैं दर्बानी’ मतलव ‘समयको दर्पण’ मुक्तक संग्रहको भर्खरै लोकार्पण भएको छ ।

मुक्तक मञ्च पोखराद्वारा आयोजित भब्य समारोहवीच ‘समैं दर्बानी’ मुक्तक संग्रहलाई संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, मुक्तककार कै बुबा टेकबहादुर र आमा छलिमाया गुरुङबाट लोकार्पण गरिएको हो।

कास्की लेखनाथकी प्रखर मुक्तककार गौरी तमु (गुरुङ) द्वारा लिखित पहिलो मुक्तक संग्रहमा १ सय ३५ वटा मुक्तकहरु समेटिएको छ। ‘समैं दर्बानी’ को गुरुङ भाषामा भावानुवाद भने केहरसिंह गुरुङले गरेका हुन्।

कृति लोकार्पणको अवसरमा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा साहित्य मार्फत गौरीको प्रयासले ऐतिहासिक महत्व राख्नमा कुनै दुईमत नरहेको बताए । उनले भने, ‘तुलनात्मक रुपमा नेपाली साहित्यमा गुरुङहरुको उपस्थिति न्यून रहेतापनि समयमै मुक्तककार गौरीको कृति इतिहासबद्ध हुने छ।’

त्यस्तै नेपाल मुक्तक प्रतिष्ठानका महासचिव एवं साहित्यकार रमेश पौडेलले गौरीले छोटो समयमै साहित्यकारको पहिचान बनाउन सफल भएको स्पष्ट पारेका थिए ।

यसैक्रममा मुक्तक मञ्च पोखराका सल्लाहकार रुपिन्द्र प्रभावीको भनाई थियो, गौरीले मुक्तकमा गरेको प्रयोग अनुकरणीय छ, ‘जीवनवादी र समाजवादी यथार्थमा आधारित मुक्तक लेखेर आफ्नो विशेष पहिचान जमाउन गौरीले महत्वपूर्ण सफलता प्राप्त गर्ने छिन् ।’ उनले भने ‘समैं दर्बानी’ ले नेपालको पछिल्लो एक दशककै दर्पणको रुपमा चित्रण गरेको छ ।’

आयोजित कार्यक्रम समारोहमा बोल्दै मुक्तककार गुरुङले अबको लेखन परम्पराभन्दा भिन्न ढङ्गले अघि बढ्नु पर्ने विचारले कृति निकालेको बताइन् । ‘भाषा, साहित्य, कला नै हाम्रो पहिचान हो,’ उनले भनिन्, ‘आफ्नो मातृभाषाका केही शब्द मात्रै भए पनि नयाँ पुस्ताका लागि समर्पण गर्न पाउँदा गौरवबोध भएको छ।’

नवलपरासीमा जन्मेर साहित्य र सञ्चार क्षेत्रमा काम गरिसकेकी तमु हाल पोखरास्थित शिक्षणपेशासँगै साहित्यिक क्षेत्रमा क्रियाशील छिन् । गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष तमु नारी साहित्य परिषद् र गजल सन्ध्यासँग पनि आबद्ध छिन् ।

कार्यक्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म गुरुङ चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल, गौरीका बुबा टेक बहादुर गुरुङ, मञ्चकी अध्यक्ष सरला लामिछाने ‘सरु’ लगायतले मुक्तकमा गरिएको नौलो प्रयोगको प्रशंसै प्रशंशा गरेका थिए।

मुक्तक सबैका लागि सार्है पठनयोग्य, ग्रहणयोग्य रहेको छ । मुक्तकलाई विल्कुलै नयाँ प्रयोगमा उतारिएको छ, यस कृतीले मुक्तक साहित्यक्षेत्रमा संजीवनीकै रुपमा अब्बल दर्जामा दर्ज रहने छ ।

 


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि