नेपाल स्वयंसेवी रक्तदाता समाज (नेस्वरस) को नेपालगञ्ज बाँकेमा नयाँ कार्यसमिति चयन

Saturday, September 9th, 2017 at 9:51 pm By:News Missile Highlighted News, Social 133 Views

नेपालगञ्ज बाँके/सम्वाददाता । नेपाल स्वयंसेवी रक्तदाता समाज (नेस्वरस) का केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी सतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता (नेस्वरस) बाँके जिल्ला शाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

रगतको अभावमा कोहि पनि पीडितहरूले अनाहकमा ज्यान गुमाउन नपरोस् भनी स्वयंसेवी रक्तदाताहरूलाई संगठित गर्दै रगतको महत्व बुझाउँदै रक्तदान अभियानमा लाग्नु परेको केन्द्रीय अध्यक्ष कर्माचार्यले वताए।

सतक रक्तदाता कर्माचार्यलाई जिल्लाको तर्फबाट विशेष सम्मान गर्दै अधिबेशनको शुभारम्भ गरिएको सो कार्यक्रममा नेस्वरस बाँके जिल्लाध्यक्ष पद्मा बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो।

सचिव आलम खानद्वारा सञ्चालित उक्त आयोजित अधिबेशन कार्यक्रममा बरिष्ठ पत्रकार पूर्णलाल चुके, मो. अरिफ अन्सारी लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सोहि अधिबेशनले तीन बर्षे कार्यकालका निमित्त पुन स्वयंसेवी रक्तदाता पद्मा बस्नेतको अध्यक्षतामा नयाँ कर्यसमिति चयन समेत गरेका छन् । जसमा उपाध्यक्ष आशिष् गुप्ता, सचिब आलम खान, कोषाध्यक्षा रईस शाही छन्।

त्यस्तैगरी सदस्यहरूमा क्रमशः गुरूदिन यादव, पवन जयशवाल, सरिता ज्ञावाली, गोपीनाथ वैश्य, असलम भाट, राकेश मिश्रा र भागिरथि बम चयन भएका हुन् । कार्य समितिको सल्लाहकारहरूमा भने क्रमशः मो.अरिफ अन्सारी, पूर्णलाल चुके, ओमप्रकाश यादब, झलक गैह्र र सूर्यलाल यादब रहेका छन्।

यस अधिवेशनले आगामी दिनमा पीडितहरूको पीडालाई यथा सक्दो सम्बोधन हुने गरी स्थानीयस्तरमा रक्तदाताहरूको सञ्जाल तयार पार्ने, संगठनलाई बिस्तार गर्ने र सेवा प्रदानमा तीव्रता कायम राख्दै सर्वसम्मत चयन भएका जिल्लाध्यक्ष पद्मा बस्नेतले प्रतिबद्धता जनाएकी थिइन्।

निर्वाचित नयाँ कार्य समितिलाई केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको लागि सपथ ग्रहण गराएको थियो ।


Related Post

What is Advertising?
स्वयम्भू परिक्रमा मार्गमा सवारी सञ्चालनको शुभारम्भ
नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर महालक्ष्मी नगरपालिका-६ को प्रथम अधिबेशन सम्पन्न
‘बालमैत्री शासन, बालअधिकारको सम्मान’ नारासहित बालदिवस मनाउँदै
बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायलाई गृहमन्त्री शर्माको निर्देशन