भब्य मनोरञ्नात्मक सांस्कृतिक माहौलकासाथ तेस्रो कीर्तिपुर दशैं तथा व्यापार महोत्सव २०७४ हुदै

Saturday, September 9th, 2017 at 9:16 am By:News Missile Economy, Highlighted News 143 Views

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैँ नजिकिदै गरेको छ । यसै अवसरमा सस्कृतिले हराभरा पर्यटकीय नगरी कीर्तिपुरमा तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ आयोजना हुने भएको छ।

तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ यहि भदौ २८ गते बुधवारदेखि असोज ११ गतेसम्म किर्तिपुरको नयाँ बजार खेलकुद मैदानमा हुने भएको हो ।

विगतका वर्षहरुदेखि नै सामाजिक कार्य तथा औधोगिक ब्यापार मेला महोत्सब औधोगिक शान्ति नेपाल सस्थाले गर्दै आएको थियो तर यसपाली भने राईज म्युजिक प्रा.लि, राजकमल महर्जन तथा शशिर महर्जनकोसंगको संयुक्त आयोजनामा उक्त तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ आयोजना गर्न लागेको हो।

शुक्रवार कीर्तिपुरमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट तेस्रो पटक आयोजना हुने, यो महोत्सवलाई सांस्कृतिक महोत्सवको रुपमा सञ्चालन गरिने जानकारी गराइएको हो ।

कीर्तिपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपूर्णस्थल रहेको छ यसै अनुरुप यस मेलाले किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धी गरि आर्थिक रुपले मजबुत बनाउने र किर्तिपुरलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले दिए ।

महोत्सवमा कीर्तिपुर नगरपालिकाका १ं० वटा वडाका लागि एक–एक वटा स्टलको फ्री व्यवस्था गरिएको छ। ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शन गरिने छ । महोत्सव दशैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राज कमल महर्जनले बताए ।

महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत झाँकीहरु प्रस्तुत गरिने भएको छ । यसका साथै कीर्तिपुरका संस्कृति र परम्परा झल्कने महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने भएको छ। सोही अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहने छ ।

उक्त मेलाका स्टलहरुमा सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाँडाकुडाहरु, एकै ठाउँमा सर्ब सुलभ तरिकाले पाउने व्यवस्था गरिने छ।

त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुनुको साथै मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसतसम्म छुटको व्यवस्था गरिएका छ।

मेलामा निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरिनुका साथै मेलामा प्रवेश शुल्क पनि निशुल्क रहेको जानकारी व्यबस्थापन कमिटीले जनाएको छ ।

तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गरी मज्जा लिन अनुमान गरिएको छ ।

मेलामा ४ दर्जन भन्दावढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाई भरपुर मनोरंजन दिइने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले वताए ।

मेलाको अवलोकन गरि आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबद्धद्र्धन गर्न सम्पूर्ण नेपाली समुदायलाई उनले आव्हान गरेका छन् ।

औधोगिक शान्ति नेपाल सस्थाका उपाध्यक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा बिनोद जैसवालको संयुक्त कमिटिले तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ को सम्पूर्ण अति व्यवस्थित व्यस्थापन गर्ने समेत जानकारी गराए ।

 


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि