निर्वाचन आचारसंहिताको पालना गर्न आमसञ्चार माध्यम र पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल

Friday, September 8th, 2017 at 6:09 pm By:News Missile Media 123 Views

काठमाडौ । प्रेस काउन्सिल नेपालले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिताको पालना गर्न आमसञ्चार माध्यम र पत्रकारलाई अपिल गरेको छ ।

काउन्सिलले अपील सार्वजनिक गरेर सामाजिक सञ्जालहरुमा अमर्यादित तथा असान्दर्भिक शैलीका टिप्पणी सम्प्रेषण भैरहेको भन्दै निर्वाचन र पत्रकार आचार संहिताको पालना गरी जिम्मेवार बन्न सबैलाई आग्रह गरेको हो।

काउन्सिलले निर्वाचनमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनी कुनै दल वा उम्मेद्वारलाई होच्याएर, गालीगलौजपूर्ण भाषा प्रयोग गरेर वा गुणगान गाएर सामाजिक सञ्जाल मार्फत सम्प्रेषण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई अपिल गरेको छ ।

काउन्सिलका सूचना अधिकारी दीपक खनालले निकालेको अपीलमा असोज २ गते हुन लागेको प्रदेश नम्वर २ को निर्वाचनका समयमा सम्प्रेषित सामग्रीहरु मागेका बेला उपलब्ध गराउनका लागि सुरक्षित राख्न आमसञ्चार माध्यमलाई आग्रह गरिएको छ ।


Related Post

खेलकुद पत्रकार दिवस मनाउँदै
आक्रमणमा पत्रकार मारिए
राष्ट्रिय फोटो पत्रकार समुह धनुषाको गठन
रेडियो पत्रकारिता तालिम सम्पन्न