‘आउन पाइन दशै र तिहारमा’ मार्मिक भिडियो सार्बजनिक

Friday, September 8th, 2017 at 8:12 am By:News Missile Highlighted News, Music 147 Views

काठमाडौ । भोला तिमल्सिनाद्वारा निर्देशित भिडियो ‘आउन पाइन दशै र तिहारमा’ मार्मिक म्यूजिक भिडियो केहीदिन अगाडी माात्र सार्बजनिक भएको छ ।

एक विशेष कार्यक्रमको आयोजित समारोहमा विशिष्ट अतिथिहरुकावीच ‘आउन पाइन दशै र तिहारमा’ म्यूजिक भिडियोको सार्बजनिक गरिएको हो ।

विशेष गरी नेपालीहरुले मनाउने गरेको ठूलो चाड दशै र तिहार नै हो । यही दशै र तिहारको अवसरमा आफू घर फर्किन नसकेको कथाबस्तुलाई आधार बनाई भिडियो तयार पारिएको छ ।

घरखर्चमा चलाएको साहुको ऋण तिर्ने पैसा कमाउन छोरो धन कमाउन विदेशिएको हुन्छ, घरमा (स्वेदश) भने झमझम साँझविहान चाडवाडले छोपेको हुन्छ, यसरी वितेका वर्षहरुमा आफ्नो घरपरिवारसँग वडो खुशीयालीकासाथ मनाउने गरिएको हुन्छ, ठीक त्यही क्षणलाई स्मरण गरी घरगाउँ र परिवारको यादमा छोरो विदेशमा डुबेको हुन्छ ।

घरमा छोरोको यादमा रुँदै आमा भक्कानिन्छिन् भने छोरो उता आमाको यादमा भक्कानिने गर्छ । अघिल्लो वर्षहरुमा भएको त्यो खुशी, हर्ष र साथीभाईहरुसँगको त्यो मायाप्रेम अनि रङ्गरमाइलो गरी मनाउँदै आएको त्यस घडीलाई सम्झेर सार्है नमिठो पाराले आफ्नो आमासँग गुनासो पोखेको दृष्य बडो उत्कृष्ट ढङ्गबाट उजागर गरिएको छ।

साँच्चै भन्ने हो भने यो भिडियो हेरेसी जो कोही पनि धरधरी रुवाउने मार्मिक भिडियोमा वरिष्ठ हास्यब्यङ्ग्य क्वीन अथवा सफल विजनेश वुमन पल्पसा डङ्गोल उर्फ चम्सुरी, बाबुराजा शाक्य र सरगम श्रेष्ठले मनै पगाल्ने अभिनय पस्केका छन् ।

‘आउन पाइन दशै र तिहारमा’ भिडियोमा शब्द, संगीत र स्वर रहेको छ बाबुराजा शाक्यको भने संगीत संयोजन रहेको छ कुमार लामा योञ्जनको।

त्यस्तै भिडियो छायांकन शुशिल बाबु क्षेत्रीको, सम्पादन जितेन्द्र राजोपाध्यायले गरेका हुन भने लुप्स रेकर्डिङ्ग स्टुडियोबाट तयार पारिएको हो ।

 


Related Post

छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
डिपी परिश्रमीले ल्याए मार्मिक भिडियो ‘परदेशी छोरोे’
‘आई लभ यु २’ को १ लाख पुरस्कार कसले हात पार्ला ?
‘मेरो मुटु’ चोरिएको म्यूजिक भिडियो सार्बजनिक