स्वत: बदर सुगौली सन्धि र ग्रेटर नेपाल

Thursday, September 7th, 2017 at 10:37 am By:SANU RAJA PURI Blogs, Highlighted News 252 Views

“पश्चिमकिल्ला कागडा पूर्वमा टिष्टा पुगे थियौं ।
कुन शक्तिको सामुमा कहिले हामी झुके थियौं ।।”

राष्ट्रकवि माघब प्रसाद घिमिरेको यस कवितामा भने जस्तै २ सय वर्ष अगाडीको नेपाल ग्रेटर नेपाल थियो र अव पनि हुनु पर्दछ। प्राचीनकालमा किरातकालमा नेपाल राज्यको आकार ठूलो क्षेत्रमा फैलिएको भूमि विशाल थियो भन्ने विषय ऐतिहासिक र पौराणीक धर्मग्रन्थ स्कन्द पुराण, कौटिल्यको अर्थशास्त्र एवं अशोक स्तम्भ आदि दस्तावेजहरुले प्रमाणित गरेको तथ्य हो । सन् १८१५ डिसेम्बर २ अगाडिको नेपाल Greater Nepal विशाल नेपाल आज हामी संग छैन ।

Greater Nepal विशाल नेपाल आजको अवस्थामा खुम्चनु परेको यर्थाथताको शुरुवात सन् १८१४–१८१६ नेपाल अग्रेज युद्ध र यस बीचमा भएको असमान सुगौली सन्धिको तथाकथित परिणामको कारण नेपालले अंग्रेज युद्ध हुनु भन्दा अगाडी असमान सुगौली सन्धि अगाडीको विशाल नेपाली भू–भाग पश्चिम कागडा (हालको भारतीय उत्तराखण्ड) पूर्व सिक्किम टिष्टा नदी वीचको ३ लाख ३४ हजार २ सय ५० वर्ग कि.मि. मा फैलिएको विशाल नेपाल राष्ट्रकवि माघब प्रसाद घिमिरेले भने जस्तै नेपाल आज हामी नेपालीसंग छैन।

सुगौली सन्धि भारतलाई आफनो उपनिवेस बनाएर विश्व साम्राज्य संचालन गरिरहेको ब्रिष्टिस इष्ट इण्डिया कम्पनीले नेपालमाथि सन् १८१४ नोभेम्बर १ तारिकमा धावा वोलि सन् १८१४–१८१६ नेपाल–अग्रेज युद्ध भएको थियो। यस युद्धमा ब्रिष्टिस साम्राज्यले नेपाललाई विजय गर्न सकेन तर केही नेपाली भूभाग कब्जा जमाएको थियो। नेपाल–अंग्रेज युद्धको समाप्तिका लागि सन् १८१५ डिसेम्वर २ मा हस्ताक्षर भएको भनिएको सन्धि सन् १८१६ मार्च ४ मा पुष्टि भएपछि नेपाल–बिष्टिस इष्ट इण्डिया कम्पनीवीच असमान सन्धि थियो भनि चर्चा भएको पनि आज २ सय बर्ष पार भएको छ।

यस असमान सन्धिबाट नेपालले दुई तिहाई भूमि गुमाउनु परेको थियो । नेपालमाथि लादिएको यस सन्धिको पक्षमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापा वा राजा गीर्वाणयुद्ध विक्रम शाह लगायत धेरै भारदारहरु सन्धिको विपक्षमा हुदाँहुदै पनि नेपाल सन्धि गर्न बाध्य भएको इतिहासका तथ्थहरुले देखाउँदछ। सन्धिमा हस्ताक्षर गर्न १५ दिनको म्याद दिई चेतावनीपत्र पठाएको भएपनि नेपालले ९३ औं दिनमा मात्र सन्धिमा हस्ताक्षर गरेको थियो।

९ वटा धारा रहेको सुगौली सन्धिको अन्तिम धारामा नेपालका राजाले १५ दिनभित्रमा अनुमोदन गर्नु पर्ने प्रावधान भएपनि तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले हस्ताक्षर गरेको कहिकतै पाइदैन । यस सन्धिमा नेपालको तर्फबाट राज गुरु गजराजमिश्र र चन्द्रशेखर उपाध्याय एवम ब्रिष्टिस इष्ट इण्डिया कम्पनी सरकारको तर्फबाट लेफ्टिनेन्ट कर्नेल प्यासि ब्राइडले हस्ताक्षर गरेका थिए । यस सन्धि पछि विशाल नेपाल सदाको लागि खुम्चिएको थियो ।

नेपाल–भारत वीच यस सन्धिले सीमा स्पष्ट नपारेकोले कालापानी, लिम्पियाधुरा, सुस्ता, पशुपतिनगर लगायत ८४ स्थानमा विवाद भैरहेको छ । सन् १८५७ मा विद्रोह दवाउन नेपालले सहयोग गरेकोले ब्रिष्टिस इष्ट इण्डिया कम्पनी सरकारले बाँके, बर्दीया, कैलाली र कन्चनपुर नेपाललाई फिर्ता गरेको थियो।

सुगौली सन्धिले नेपालको धेरै भू–भाग गुमेको र दाजिलिङ् सिक्मि लगायतका नेपाली मूलक मानिसहरुले नेपालमा समाहतिहुनको लागिविभिन्नआन्दोलन गरेको पाइन्छ । सन् १९६२ मा गीतकार, संगीतकार अम्बर गुरुङ्गले दाजिलिङ् चोकमा सुगौली सन्धिको बारे कविता “सुगौली सन्धि हामीले बिर्सेका छैनौ भनिदेउ, किल्ला काँगडा हामीले बिर्सेका छैनौ भनिदेउ”

–संगीतकार अम्बर गुरुङ्ग

यो गीतले दाजिलिङ् लगायतका क्षेत्रका आमनागरिकहरु नेपाली भै विशाल नेपालमा बस्न चाहेको यो एउटा प्रतिनिधि घटना मात्र हो। भारतीय शासकहरुलाई संकेतीक विरोधक थियो । विशाल नेपालको विषयमा समय समयमा बहस छलफल हुदै आए पनि यसको ठोस निष्कर्ष आएको छैन । Greater Nepal का अभियन्ताहरुले सर्वोच्च अदालतमा रिट पनि दायर गरेको थियो ।

ब्रिष्टिस इष्ट इण्डिया कम्पनी सरकारले भारतलाई आफनो उपनिवेसबाट १९४७ मामुक्त गरेपछि नेपाल–भारत वीचको सम्बन्धलाई सुमधुर बनाउन सन् १९५० मा “नेपाल–भारत शान्ति तथा मैत्री सन्धि” सन् १९५० जुलाई ३१ मा गरिएको सन्धिले सुगौली सन्धिलाई खारेज गरेको छ । यस सन्धि गर्दा नेपालका प्रधानमन्त्री मोहनशम्सेर जवरा र भारतीय राजदूत चन्द्रेश्वरनारायण सिहले हस्ताक्षर गरेका थिए। १० वटा धारामा रहेको यो सन्धि नेपाल भारत सम्बन्धमा न्यानोपना भन्दा पनि चिसोपना धेरै आएको छ। सन्धि भएको सातदशकमा पनि यस सन्धिका केही धारा कार्यान्वयन भएको छैन।

सन्धिको धारा ८ मा भारतकोतर्फ ब्रिष्टिस इष्ट इण्डिया कम्पनी सरकारले नेपाल सरकारसंग गरेका सन्धिपत्र, स्वीकारपत्र, कवुलियतनामाहरु खारेज हुनेछ भनि लेखिएको छ । यस सन्धिको धारा ८ को आधारमा नेपालले सुगौली सन्धिको आधारमा गुमेको भू–भाग र्फिता पाउनु पर्ने हो । सुगौली सन्धिलाई सन् १९५० को सन्धिले स्वत बदर गरिसकेको छ । अत हामीले स्वत वदर भएको आधारमा नेपालको सीमापूर्वमा टिष्टा नदी र पश्चिममा कांगडासम्मको भू भाग पाउन’ पर्दछ । तर सन्धिका धेरै धारा कार्यन्वयन हुदाँ पनि यो धारा ८ अन्र्तगत नेपालले सो भूमि नपाउँदा Greater Nepal विशाल नेपाल कल्पना र सपना भएको छ ।

सुगौली सन्धि–१८१६ मा भएको २ सय बर्ष भन्दा बढी भएको सन्र्दभ एकातिर छ भने अर्को तिर नेपाल–भारत शान्ति तथा मैत्री सन्धि–१९५० को ६८ वर्ष सम्ममा नेपालको राजनीतिमा धेरै आरोह–अवरोह आयो सत्ता परिर्वन भयो तर Greater Nepal विशाल नेपाल बनाउँन सकिएको छैन किन?


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि