इन्द्र स्नान मेला र इन्द्रस्थानको महत्व

Wednesday, September 6th, 2017 at 6:24 pm By:News Missile Highlighted News, Religion 333 Views

सानुराजापुरी /ईन्द्रदह काठमाडौ । काठमाडौ जिल्लाको पश्चिम तर्फ पर्ने चन्द्रगिरी नगरपालिका वडा नं १ मा दहचोक डाँडाको टुपोमा इन्द्र दह वा इन्द्र स्थान रहेको छ ।

काठमाडौंको बसन्तपुरमा इन्द्र जात्रा मनाएको भोलिपल्ट भाद्र शुक्ल पूर्णिमाको दिन यस स्थानमा मेला लाग्ने गरेको छ। धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व भएको यस क्षेत्रको विकास प्रचार प्रसार कम भएको छ।

महाभारत पहाडको मध्यभागमा समुद्ध सतहबाट २३ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा इन्द्र स्नान मेला लाग्नुका विभिन्न किंवन्दनतीहरु रहेको छ।

स्वर्गका राजा इन्द्र मृत्युलोकमा पारिजातको फूल लिन यस स्थानमा आएको र फूल टिप्दा टिप्दै बिहान भएको र स्थानीय मानिसहरुले देखि चोर सम्झी राजा इन्द्रलाई बन्दी बनाएको र उनकी आमा आएर बर्ष भरि मरेका मानिसलाई स्वर्ग लैजाने बाचा गरेपछि राजा इन्द्रलाई छोडि दिएको सम्झनामा मृत व्यक्तिको स्वर्ग प्राप्तीको कामनाले यस स्थानमा आज भाद्र शुक्ल पूर्णिमा इन्द्र स्नान गर्ने परम्परा रहेको छ । इन्द्र बासुकी, मनकामना माताको दर्शन गर्ने भक्तालुहरुको घुुइचो लागेको छ।

काठमाडौंको पश्चिम तर्फ पर्ने नागार्जुन नगरपालिकाको (रामकोट) र चन्द्रगिरी नगरपालिकाबाट यातायात र पैदल पुग्न सकिने यस स्थानको ऐतिहासिक महत्व नेपाल एकिकरणसंग जोडिएको छ । श्री ५ पृथ्वी नारायण शाहले उपत्यका आक्रमण गर्दा बनाएका किल्ला, गडी आज पनि संरक्षणको पर्खाईमा रहेकोछ। काजी कालु पाँडेको समाधिस्थल समेत यहाँ रहेको छ । काठमाडौ विजय गर्दा यो सामरिक महत्वको नाका भएको भू बनौटले पनि देखादँछ ।

यस स्थानबाट उपत्यका लगायत गोरखा, धादीङ्, नुवाकोट जिल्लाका विभिन्न स्थान देख्न सकिन्छ। माछापुच्छ्रे हिमाल, गणेश हिमाल, मनासलु हिमाल गौरीशकर लगायतका हिमालको दृश्यवलोकन गर्न सकिन्छ।

प्रकृति विद्हरुको संम्झनामा बनेको पार्क, स्वीजरल्याण्ड पार्क यहाँका प्रमुख स्थल हुन । पर्यावरण र पर्यटनको प्रचुर सम्भावना भएको यस क्षेत्रमा हाइकिङ्, साइक्लिङ्् आदिको विकास गर्न सकिन्छ ।

स्वच्छ वातावरण मनोरम दृश्यवोलकन गर्न सकिने यस स्थान आजसम्म पनि ओझेलमा परेको छ।

 


Related Post

हिन्दूधर्मावलम्वीहरुको वडादशै आजबाट शुरु, घरघरमा जमरा राखिँदै
MASCULINE VS FEMININE MORALITY
पितृलाई श्रद्धापूर्वक सम्झना गरिने सोह्रश्राद्ध आजबाट शुरु
इन्द्रजाात्रा पर्व मनाउँदै, उपत्यकामा आज सार्वजनिक विदा