पितृलाई श्रद्धापूर्वक सम्झना गरिने सोह्रश्राद्ध आजबाट शुरु

Wednesday, September 6th, 2017 at 8:13 am By:News Missile Highlighted News, Religion 235 Views

काठमाडौ । आजबाट सोह्रश्राद्ध शुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको हो ।

आश्विन कृष्ण प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ। आश्विन कृष्णपक्षलाई पर्व मानिएको छ ।

पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्परा अनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारे औँसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता रहँदै आएको छ।

बाबुको तिथिमा एक दिन मात्र सोह्रश्राद्ध गर्नेले चतुर्दशी र मगान क्षेत्र परेका दिन श्राद्ध गर्नु हुँदैन । आज प्रतिपदा तिथिमा श्रद्धा गरिँदैछ।


Related Post

हिन्दूधर्मावलम्वीहरुको वडादशै आजबाट शुरु, घरघरमा जमरा राखिँदै
MASCULINE VS FEMININE MORALITY
इन्द्र स्नान मेला र इन्द्रस्थानको महत्व
इन्द्रजाात्रा पर्व मनाउँदै, उपत्यकामा आज सार्वजनिक विदा