‘मेरो मुटु’ चोरिएको म्यूजिक भिडियो सार्बजनिक

Tuesday, September 5th, 2017 at 10:42 pm By:News Missile Highlighted News, Music 187 Views

काठमाडौ । जर्मनका असाध्यै रमणीयस्थलहरुमा छायांकित अजय सुब्बाको आवाजमा अति मार्मिक र मेलोडियस नेपाली म्यूजिक भिडियो ‘मेरो मुटु’ सार्बजनिक भैसकेको छ ।

नव गायक सुब्बाकोे यस रोमान्टिक नेपाली म्यूजिक भिडियोलाई युट्यूव च्यानेल मार्फत विश्वभर एकैपटक सुन्न र हेर्न मिल्ने गरी सर्बत्र सार्बजनिक गरिएको हो ।

म्यूजिक भिडियोमा मुटु चोरिएकोलाई मुख्य विषय वस्तुलाई कलात्मक भावमा उतारिएको छ । हुन पनि बैशको उन्मादमा कहाँ, कसरी र कुनबेला मुटु चोरिन्छ, आफूलाई पत्तै हुदैन । त्यही चोरिएको मुटुको खोजीमा भौतारिरहेका हुन्छन् यो मानव शरिर । यहाँ बैशको अथवा यौवनको अवस्थामा कुनै न कुनै प्रेमीले आफ्नो प्रेमिकाको मुटु चोरेको असली भाव दर्शाइएको छ ।

विदेशी प्राविधिक लियोनी र वरुनीद्वारा विदेशी प्रविधिमै छायांकन गरिएको यस म्यूजिक भिडियोमा अन्जल अधिकारी र मोना कार्कीले लोभैलाग्ने गरी मनै छुने अभिनय पस्किएका छन् ।


‘मेरो मुटु’ म्यूजिक भिडियोको शब्द गीतकार श्रीराम अधिकारीले कोरेका हुन् भने निर्देशन र संगीत स्वयं गायक अजय सुब्बाकै रहेको छ। त्यस्तैगरी दृष्य सम्पादनकार्य विदेशी प्राविधिक लियोनी र वरुनीले नै गरेका हुन्।

अहिले युट्यूव च्यानेलमार्फत चर्चित बन्न सफल अनि मार्मिक म्यूजिक भिडियो ‘मेरो मुटु’ लाई ओम म्यूजिक मस्तीले वजार व्यवस्थापनको सम्पूर्ण जिम्मा लिएको हो ।

विदेशी प्रविधिकै कारण म्यूजिक भिडियो खुबै असल छन्, स्वर, शब्द अनि संगीतको अत्यन्त्यै तालमेलमा निर्मित भिडियोले संगीतप्रेमी स्रोताहरुमा राम्रो छाप छोड्ने नव गायक सुब्बाको दाबी छ।


Related Post

छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
डिपी परिश्रमीले ल्याए मार्मिक भिडियो ‘परदेशी छोरोे’
‘आई लभ यु २’ को १ लाख पुरस्कार कसले हात पार्ला ?
‘आउन पाइन दशै र तिहारमा’ मार्मिक भिडियो सार्बजनिक