इन्द्रजाात्रा पर्व मनाउँदै, उपत्यकामा आज सार्वजनिक विदा

Tuesday, September 5th, 2017 at 9:49 am By:News Missile Highlighted News, Religion 164 Views

काठमाडौ । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो।

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिने गरिन्छ ।

इन्द्रजात्रा पर्वको अवलोकनका लागि आज राष्ट्रपति विद्यादेवि भण्डारी दिउँसो ४ बजे हनुमानढोका जाने कार्यक्रम रहेको छ।

इन्द्र जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।


Related Post

MASCULINE VS FEMININE MORALITY
इन्द्र स्नान मेला र इन्द्रस्थानको महत्व
पितृलाई श्रद्धापूर्वक सम्झना गरिने सोह्रश्राद्ध आजबाट शुरु
बकर इद पर्व उत्साहपूर्वक मनाउँदै