स्क्रब टाईफस ३२ जिल्लामा, ३ सय जनामा रोगको संक्रमण

Monday, September 4th, 2017 at 3:59 pm By:News Missile Health, Highlighted News 158 Views

काठमाडौ । पछिल्लो ८ महिनामा मौसमी रुघाखोकी (सिजनल ईन्फ्लुएन्जा) र स्क्रब टाईफसबाट १६ जनाको मृत्यु भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्क्रब टाईफसबाट ४ जना र मौसमी रुघाखोकीबाट १२ जना गरी १६ जनाको मृत्यु भएको हो । १ हजार १ सय ४६ जना विरामी परेका छन्।

महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशासक डा विवेक कुमार लालले माघदेखि आजसम्म मौसमी ज्वरो मध्ये पनि इन्फ्लुएन्जा ए को प्रकोप बढी देखिएको बताए । उनका अनुसार स्क्रब टाईफस ३२ जिल्लामा देखिएको र ३ सय जनामा रोगको संक्रमण फेला परेको छ ।

माईट नामको एक प्रकारको सुक्ष्म किराले टोकेमा स्क्रब टाईफस सर्छ । यो मुसाको कानमा बस्ने गर्छ। समयमै अस्पताल पुगेमा कुनै पनि रोगको ठूलो जोखिम भने नभएको चिकित्सकको भनाई छ।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरिर पनि दुख्ने हुन्छ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि