अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद

Monday, September 4th, 2017 at 3:47 pm By:News Missile Crime, Highlighted News 152 Views

काठमाडौ । महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी ल्याउने गिरोहका एक जनालाई ८८ किलो सुन सहित आज बिहान २ बजे पक्रेको छ ।

काठमाण्डौं महानगरपालिका-१७ क्षेत्रपाटीबाट सुन सहित मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका हो।

क्षेत्रपार्टी सडकमा पार्किङ गरी राखेको बा १७ च ६४२७ नम्बरको गाडीलाई शंका लागि चेकजाँच तथा खानतलासी गर्दा गाडीको पछाडीको भागमा कालो टेपले बेरेर राखेको एक किलो गोल्ड लेखिएको ८८ थान सुन सहित अधिकारीलाई पक्रेको महाशाखाले आज पत्रकार सम्मेलन गरी जनाएको हो ।

भन्सार छली सुन चोरी पैठारी गरी रसुवाको केरुङ नाका हुंदै काठमाण्डौं ल्याईएको सुनको अवैध कारोवार गर्ने गरेका छन् भन्ने गोप्य सुचनाको आधारमा महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीको टोली क्षेत्रपाटी पुगेको थियो।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले रसुवाको केरुङ नाका हुँदै सुन काठमाडौँ भित्रिएको खुलेको बताए। ‘सुन कताबाट कता लैजान काठमाडौँ ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रमुख लोहनीले बताए ।

यसमा चीनीयाँ नागरिकको समेत सङ्लग्नता रहेको खुलेको छ । केही दिन अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको २२ किलो सुन कारोबारीसँग अहिलेको सुनको कारोबारीको सम्बन्ध छ वा छैन भन्ने बारेमा महाशाखाले अनुसन्धान गरिरहेको छ ।

यसअघि ठूलो परिणाममा एक हप्ता पहिले नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले १५ किलो र गत वर्षको माघमा झण्डै ३४ किलो सुन वरामद गरेको थियो ।

 


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि