‘ए मेरो हजुर-२’ को कमाइ, २ दिनमै २ करोडभन्दा माथि !

Sunday, September 3rd, 2017 at 3:21 pm By:News Missile Film, Highlighted News 209 Views

काठमाडौ । गत सुक्रबारदेखि अल नेपालको फिल्म हलहरुमा ‘ए मेरो हजुर-२’ ले प्रर्दशन शुरु गरेको छ । चलचित्रले खुबै राम्रो प्रतिफल कमाएको जानकारीमा आएको हो ।

पहिलो दिन शुक्रवार मात्रै ७८ लाख ७१ हजार कमाएका थिए । यसरी शुक्रवार र शनिवार दुई दिनको जम्मा जम्मी हिसाब किताबमा २ दिनमै २ करोड ३९ लाख १ हजार आर्जन गरेको छ ।

दर्शकको दृष्यलाई देख्दैमा कमाईको अनुमान लगाउन सकिन्छ । चलचित्र हेर्न भनी यसरी उर्लिए कि जनसागर, बलिउडका के बादशाह के बादशाह हुन् र? त्यस्लाई छायाँमा पार्ने तालमा उत्रिएका थिए ।

फिल्म ‘ए मेरो हजुर-२’ को निर्देशन चर्चित अनि बहुतै सुन्दर नायिका झरना थापाले गरेकी छिन् भने निर्माता सुनिल थापा हुन्।

यस चलचित्रमा साम्राज्ञी शाह, सलिनमान बनीयाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ्ग लगायत वरिष्ठ कलाकारहरुले वडो सराहनीय अभिनय गरेका छन् ।

‘ए मेरो हजुर-२’ फिल्म असाध्यै सामाजिक परिवेशमा आधारित वनेको, हेर्नलाई पछि पर्नै नहुने, अत्यन्त्यै रोमाञ्चक रहेको दर्शकहरुको सुझाव तथा प्रतिक्रिया रहेको छ ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि