टिन प्रिन्सेस् डिभा २०१७ दोश्रो संस्करण अन्तर्गत प्रि–राउण्ड सम्पन्न

Sunday, September 3rd, 2017 at 11:59 am By:News Missile Fashion 368 Views

काठमाडौ । टिन प्रिन्सेस् डिभा २०१७ को सिजन दोश्रो संस्करण ललितपुरको कुपन्डोल स्थित सनराइज क्याफेको सभाहलमा एक भव्य कार्यक्रममाझ प्रि–राउण्ड सम्पन्न भएको छ ।

उक्त ट्यालेन्ट–शो इभेन्ट म्यानेजमेन्टमा नेपालकै उत्कृष्ट संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको हो।

आयोजित शो कार्यक्रममा सहभागी १५ जना प्रतिष्पर्धि किशोरीहरुले नृत्य, गायन, बक्तृत्व कला, वाद्य वादनमा पियानो बजाउने आदि प्रस्तुती दिएका थिए ।

चलायमान, उर्जाशील, नव किशोरीहरुमा लुकेका उन्मादित जोशिला प्रतिभाहरुलाई यस्तैखाले कार्यक्रमहरुको आयोजना गरी उनीहरुमा ती लुकेका दबिएर रहेको प्रतिभालाई प्रष्फूटन गरी उजागर गराउने संस्थाको मूलउद्देश्य रहिआएको छ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले विगतका दिनहरुदेखि नै यस्ता कार्यक्रमहरुका लागि अग्रणी भूमिका निभाउँदै आएका चिरपरिचित संस्था हो।

यस टिन प्रिन्सेस् डिभा २०१७ को फाइनल राउण्ड भने भाद्र २३ गते काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा हुदैछ। टिन प्रिन्सेस् डिभा २०१७ को विजेताहरुले विभिन्न संस्थागत विज्ञापनहरुमा अवसरहरु प्राप्त गर्नेछन्।

टिन प्रिन्सेस् डिभा २०१७ को ट्यालेन्ट–शोका निर्णायक मण्डलमा भिजन संसार डटकमका समाचार वरिष्ठ सम्पादक श्याम स्मृत, ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठ, चर्चित गायिका सविना कार्की र आठौ सिजनकी मिस काभ्रे लजाना नकर्मीको संलग्तामा भएको थियो ।

यस्ता प्रोत्साहनयुक्त ट्यालेन्ट–शो कार्यक्रमहरुले टीनएजका युवतीहरुमा आत्मविश्वास बृद्धि, व्यक्तित्व विकास बृद्धि, क्षमता बृद्धि लगाएत अतिरिक्त क्रियाकलापहरुमा समेत महत्वपूर्ण सघाउ पुर्याउने दाबी गर्छिन् रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजु ।

नेपालका ख्यातिप्राप्त कोरियोग्राफर राज फैंजुको संयोजनमा टिन प्रिन्सेस् डिभा २०१७ को आयोजना भैरहेको छ।


Related Post

रशलाईटको रसिलो ‘दशैं फेशन नाइट २०१७’ हुँदै
मिस एयरहोस्टेज नेपाल २०१७ फाइनल
पाण्डेको पोल्टामा मिस ब्यूटी क्विन नेपाल २०१७ को ताज
मिस सिन्धुली विजेतालाई १ लाख पुरस्कार