दैनिक ५/६ घण्टा हिडेर विद्यालय जान बाध्य छन् विद्यार्थी

Saturday, September 2nd, 2017 at 8:52 pm By:News Missile Education & Leatrature 191 Views

काठमाडौ । पश्चिम दाङको एक विद्यालयमा पढ्नको लागि विद्यार्थीहरु दैनिक ५/६ घण्टा हिडेर विद्यालय जान बाध्य भएका छन्।

बबई गाउँपालिका ७ तल्लो मलइमा रहेको देउती माध्यामिक विद्यालयमा अध्ययन गर्न विद्यार्थीहरु दैनिक ५/६ घण्टा हिडेर आउने गरेका विद्यालयले जनाएको छ ।

ववई गाँउपालिकाको कप्ताने, दंगिशरण गाउँपालिका वडा नम्बर २ फुर्के सल्ली लगायत ठाउँवाट जंगलको वाटो भई जिल्लाको दुर्गम स्थानको उक्त बिद्यालयमा पढ्न जाने गरेका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अम्मर बुढाले जानकारी दिए ।

नजिकमा माबि तहको बिद्यालय नहुँदा लामोदुरी र जंगली जनावरको त्रासकै विच आफूहरु स्कूल जानु परेको विद्यार्थीहरुको गुनासो छ।


Related Post

जाल्पाले बनाएको उदयपुरका अधिकांस विद्यालय भवन अधुरै
संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
‘रुप तथा मेरो मनमा’ नामक उपन्यास विमोचन
अन्तराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरद्वारा पाठक सम्मानित
मुक्तकको खडेरीमा ‘समैं दर्बानी’ मुक्तक संग्रह लोकार्पण