बकर इद पर्व उत्साहपूर्वक मनाउँदै

Saturday, September 2nd, 2017 at 10:14 am By:News Missile Highlighted News, Religion 265 Views

काठमाडौ । मुसलमान समुदायको आज महत्वपूर्ण पर्व बकर इद, बली दिएर मनाउँदैंछ । बकर इद, ईद ऊ जोहा र इद ऊ अधा नामले संसारभरका मुसलमान समुदायले यो पर्व मनाउने गर्छन ।

इस्लाम पात्रो अनुसार हिजरी संवतको जिलहिज्जा महिनाको १० औं दिन यो पर्व मनाईने पर्व अन्तरगत मुसलमान समुदायले आज बिहानै उठेर नुहाई धुवाई गरेर खुल्ला स्थान वा मस्जिदमा गई नमाज पढ्ने र लगत्तै अंगालोमा बाँधिएर एकआपसमा सुभकामना साटासाट गर्ने चलन छ ।

मस्जीदहरुमा नवाज पढ्न शुरु गरिएको मौलाना अव्दुल जब्बार मञ्जरीले बताए । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा, भैंसी, भेंडा लगायतका चौपायाको बली अर्थात कुर्वानी दिने परम्परा छ।

बलि दिएको चौपायाको मासुलाई तीन भाग लगाईन्छ । गरिबहरुका लागि, आफन्तका लागि र घर परिवारका लागि तीन भाग लगाउने परम्परा छ।

हरेकवर्ष साउदी अरबमा रहेको मक्कामा हज गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । आजको दिन मुसलमान समुदायले परम्परागत पोशाक लगाएर शुभकामना साटासाट गर्दै मीठा परिकार खाने चलन समेत रहेको छ।

नेपालमा गैरमुसलमान समुदायले पनि पर्वको अवसरमा शुभकामना साटासाट गर्ने चलन शुरु भएको छ। मुसलमान बहुल क्षेत्रमा आज बकर इदको रौनक छ ।

बकर इदको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ । नेपालमा झण्डै १२ लाख मुसलमान रहेको अनुमान छ।


Related Post

हिन्दूधर्मावलम्वीहरुको वडादशै आजबाट शुरु, घरघरमा जमरा राखिँदै
MASCULINE VS FEMININE MORALITY
इन्द्र स्नान मेला र इन्द्रस्थानको महत्व
पितृलाई श्रद्धापूर्वक सम्झना गरिने सोह्रश्राद्ध आजबाट शुरु
इन्द्रजाात्रा पर्व मनाउँदै, उपत्यकामा आज सार्वजनिक विदा