श्रद्धालु तथा भक्तजनहरुलाई निशुल्क स्वास्थ शिविर, पिउने पानी र जुस वितरण

Sunday, August 27th, 2017 at 5:56 pm By:News Missile Banking Biz, Social 245 Views

काठमाडौ । महिलाहरुको महान तीज पर्व अन्तर्गत ऋषी पञ्चमीको पावन अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेड कालीमाटी शाखाले श्रद्धालु तथा भक्तजनहरुलाई निशुल्क स्वास्थ्य शिविर, पानी र जुस खुवाउने कार्यक्रमको आयोजना गरेको थियो ।

यही भाद्र १० गतेका दिन टेकुस्थित ऋषेश्वर महादेव दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुलाई निशुल्क स्वास्थ शिविर एवं पानी तथा जुस खुवाएको हो ।

उक्त सामाजिक कार्यक्रममा करीब ३० देखि ४० हजार भन्दा बढी दर्शनार्थीहरुलाई बैंकले राती १२ बजेदेखि साँझ ४ बजेसम्म पिउने पानी तथा जुस वितरणको व्यवस्था गरेको थियो भने निशुल्क स्वास्थ शिविरबाट करिब ५०० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित् भएका थिए ।

महालक्ष्मी विकास बैंक लिमिटेडले यस्ता सामाजिक कार्यहरुलाई विगतका समयदेखि नै निरन्तरता दिदैं आएको र आगामी दिनहरुमा पनि यसैगरी निरन्तरता दिदै जाने बैकका प्रमुख कार्यकारी अधिकृत कुमार भट्टराईले प्रतिबद्धता जनाएको छन् ।

 


Related Post

ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ
ब्रिटिस सेनालाई परास्त गरेको २ सय ५०औं वर्षगाँठमा साइकल यात्राको आयोजना
What is Advertising?