दिलवाली शुभेच्छा थापा अभिनित फिल्म “दिलदार” शुभमुहुर्त 

Sunday, August 27th, 2017 at 9:48 am By:News Missile Film, Highlighted News 459 Views

काठमाडौ । शुभेच्छा सिने फ्रेमको प्रस्तुती,  यम के फिल्म्सको निर्माण रहेको चलचित्र “दिलदार” को ऋषि पञ्चमीको शुभसाइतमा शुभमुहुर्त सम्पन्न भएको छ ।

धार्मिक हिसाबले पनि अति उत्तम र महत्वपूर्ण पर्व मानिने ऋषिपञ्चमी कै अवसर पारेर बुटवल स्थित सिद्धबाबा मन्दिरमा फिल्म “दिलदार” को शुभमुहुर्त कार्य पूरा गरिएको हो ।

के.एस. काफलेको निर्माण रहेको नेपाली कथानक चलचित्र “दिलदार” मा मुख्य नायिकाको रोलमा अन्र्राष्ट्रियक्षेत्रमा समेत आफ्नो पकड जमाउन सफल अति चर्चित दिलवाली नायिका शुभेच्छा थापाको उधुम मच्चाउने खालको अभिनय रहने छ भने नायकमा भोजपुरी कलाकार पवन कुमारले पनि उत्तिकै साथ दिने छन्।

फिल्म “दिलदार” मा विवेक थापाको निर्देशन रहेको छ भने नृत्य निर्देशन उनै थापाको साथमा बुटवलका कलाकार तुलसीराम रसाइली र मिलन भारे आदि रहेका छन् ।

त्यस्तैगरी यम आलेको छायांकन, एक्शन शंकर महर्जनको र संगीतमा शंकर अधिकारी (घायल) र विकास चौधरी रहेका छन्।

 


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि