बलमिच्याँइमा भारतले बनाएका १८ बाँधहरु (भागः दुई)

Saturday, August 26th, 2017 at 5:48 pm By:SANU RAJA PURI Blogs, Highlighted News 1283 Views

नेपाल भारतको सीमा क्षेत्रमा भारतले बनाएको बाँध, तटवाँध आदिले नेपाली भूमि डुबान भएको तथ्थलाई केही राजनीतिक दलले सत्तामा पुग्ने सिडि बनाएका छन भने केही उग्र विरोधमा लागेका छन्। यसको दीर्धकालीन समाधानको खोजि हुन सकेको छैन । यस आलेखमा बाँकी बाँधहरुको ऐतिहासिक पृष्ठभूमि र बर्तमान अवस्था र नेपाललाई यसले पारेको प्रभावका बारेमा उल्लेख गरिएको छ।

४. टनकपुर बाँध: वि.स.२०४० सालमा निर्माण कार्य सुरु गरि २०४९ सालमा निर्माण कार्य पूरा गरिएको विवास्पद बाँध टनकपुर बाँध हो। कन्चनपुर जिल्लाको जिमुवा महाकाली नदीमा निर्माण भएको ५७७ मटिर बाँधले २.९ हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको, २२२ हेक्टर भूमि डुबानमा परेको छ। नेपाल–भारत दुबै देशको सहमतीमा बाँध निर्माण भएपनि यसबाट नेपाललाई कुनै फाइदा भएको छैन।

५. शारदा बाँध: सन् १९१६ मा ब्रिटिस सरकारको पालामा कन्चनपुर जिल्लाको गड्डाचौकी बनवासा पश्चिममा बनेको यस बाँधमा नेपाली भूमि अतिक्रमणमा परेको छ । तत्कालीन ब्रिटिस सरकारले नेपालका प्रम चन्द्र शम्सेरलाई अतिक्रमित जग्गा सट्टा दिने पत्राचार गरी निर्माण थालिएको भएपनि हालसम्म नेपालले अतिक्रमित भूमि पाउन सकेको छैन ।

यस बाँधको कारण नेपालको ४०३९.८८ एकड भूमि गुमेको छ। ब्रिटिस सरकारले वर्दियामा जग्गा दिएको भनिएपनि सो विषयको आधिकारिक प्रमाण पाउन सकिएको छैन। सन् १९२४ मा निर्माण शुरु गरि सन् १९२८ मा निर्माण सम्पन्न गरिएको यस बाँधबाट नेपाललाई सिचाईको लागि पानी उपलब्ध गराउने सम्झौता भएपनि सो कार्यान्वयमा आएको छैन। यस बाँधले नेपाली जनताको ठूलो क्षति भैरहेकोछ ।

६. कैलासपुरी बाँध: नेपाल–भारत सीमा रेखाबाट १० कि.मी क्षेत्रको नजिक भारतीय भूमिमा वि.स.२०४० सालमा निर्माण गरिएको कैलापुरी बाँधले नेपालका दुई दर्जनभन्दा बढी गाँऊलाई असर परेकोछ। यस बाँधले नेपाली भूमि डुबान भन्दा धेरै बाढीको खतरा रहेकोछ । यो बाँध अन्र्तराष्ट्रिय कानुन विपरित निर्माण गरिएको यस बाँधको विषयमा नेपालले भारतलाई समय समयमा ध्यानाकार्षण गराउँदा पनि भारतले कुनै चासो दिएको छैन ।

७. कोइलावास बाँध: नेपाल–भारत सीमा स्तम्भ नं ३७ र ३८ दाङ् जिल्लाको दशगजा नजिक भारतको उत्तर प्रदेश बलरामपुर जिल्लामा कोइलावास बाँध रहेको छ । कोइलावास बाँध नेपालको दाङ जिल्लाको लमही सीमामा टाँसेर बनाइएको छ। वि.स.२०६० सालमा भारतले एकतर्फी रुपमा निर्माण शुरु गरेको थियो। यस बाँधले करिब ५ हजार नेपालीलाई प्रतिकुल असर पार्ने र बर्षाको मौसममा कोइलावास बजार डुबानमा पर्दे आएको छ ।

८. डण्डा–फरेन तटबाँध: रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं २ मा नेपाल भारत सीमा स्तम्भ भन्दा करिब ६ मिटर पर भारतीयले माटो थुपारी बनाएको ३ कि.मि डन्डाफरेना ढिस्कोलाई डण्डा–फरेन तटबाँध भनिन्छ। वि.स. २०६१ सालमा ७ कि.मि तटबाँध बनाउने उद्देश्यले शुरु गरेको यसको विरोध नेपाल सरकारले गरेपछि ३ कि.मि.मा रोकिएको छ । यस तटबाँधले बर्षा मौसमको पनि निकास रोँिकदा नेपाली भूमि डुबानको समस्या विकराल बन्दै गएको छ ।

९. गण्डक बाँध: नवलपरासी जिल्लाको त्रिवेणी–सुस्ता नजिक नारायणीमा निर्माण गरिएको गण्डक बाँधले नेपाली जनतालाई खास फाइदा छैन। नेपाल–पाल भारतको २४ कि.मि.सिमा नारायणी नदीमा पर्दछ। अति नै संवेदनशिल, विवादास्पद र हद म्यादसम्म नराखि भारतसंग नेपालले गरेको गण्डक सम्झौताले नेपाललाई खास फाइदा छैन ।

वि.स.२०१६ साल मंसीर १९ गते भएको गण्डक सम्झौताले बाँध निर्माण शुरु भएपछि सिंचाइ जलविद्युत निकाल्नेसम्म भएको सम्झौतामा नेपालतर्फ न सिंचाइको लागि प्रयप्त पानी पाउन सकिएको छ न त नेपाल तर्पm निकालिएको १५ मेगावट विजुली नियमित उत्पादन हुन्छ। ३६ ढोकाको यस बाँधले नेपाली भूमि डुबान हुने, बाँध पुरानो हुँदा भारतले मर्मत नगर्ने बाँध फुटने समस्याले नेपालतर्फ ठूलो धनजनको क्षति भैरहेको छ ।

१०. लाल बकैया तटबाँध: रौतहट जिल्लाको गौर नगरपालिकामा सटाएर निर्माण गरिएको लाल बकैया तटबाँध नेपाल भारत दुवैतर्फ फैलिएको छ । वि. स.२०५६ सालदेखि दुवै देशको आर्थिक सहयोगमा निर्माण थालनी गरि नेपालतर्फ ४० कि.मि.र भारत तर्फ ४० कि.मि. निर्माण गर्ने भनिएको यस तटबाँधले नेपाली भूमि डुबान हुदै आएको र भारतलाई मात्र एकतर्फी फाइदा भएको तटबाँधमा रहेको छ।

११. बैरगनिया चक्र तटबाँध: रौतहट जिल्लाको सदरमुकाम गौर दक्षिण नेपाल–भारत सीमा दशगजामा सटाएर भारतीय भूमिमा वि.स.२०३७ सालमा निर्माण शुरु गरिएको यस बाँधलाई नेपाल सरकारले कुनै सहमती दिएको छैन। भारतले एकतर्फी रुपमा निर्माण गरेको यस तटबाँधले गौर बजार एव यसका आसपासमा आधा दर्जन गाँऊ बर्षात मौसममा डुबान हुदै आएको छ ।

१२.बागमती तटबाँध: रौतहट र सर्लाही जिल्लाको सीमामा पर्ने बागमती तटबाँध बैरगनिया चक्र तटबाँधसंग निकट रहेको छ। भारतीय इच्छा अनुसार निर्माण भएको यसले नेपाली भूमिलाई डुबानमा पारिरहेको छ।

१३. कमला तटबाँध: वि.स.२०१६ शिलान्यास गरी १४ बर्षमा निर्माण पूरा भएको भनिएको तर समय समयमा भारतले निर्माण गरी रहेको कमला तटबाँध धनुषा र सिराह जिल्लाको सीमामा रहेको कमला नदीमा निर्माण गरीको तटबाँधको उद्देश्य बाढी नियन्त्रण गर्ने रहेको छ । बर्षाको समयमा नेपालको १ हजार ६५ हेक्टर भूमि डुबानमा पर्दे आएको छ । ५८ बर्ष पुरानो यस तटबाँध बेला बेलामा फुट्ने गरेको छ भने यो बाँध मर्मतको अभावमा कुनै पनि बेला फुटेमा धनुषा जिल्लाको करिब ३८ गाँऊ र सिराह जिल्लाको ४० गाँऊमा ठूलो धनजनको क्षति हनेछ ।

१४.सिराहा तटबाँध: वि.स. २०६३ सालमा निर्माण शुरु गर्दा १५ कि.मि बनाउने उद्देश्य राखिएको सिराहा तटबाँध सिराहा सदरमुकामदेखि ५ कि.मि. दक्षिणपूर्व भारतले दशगजा क्षेत्र अतिक्रमण गरि बनाएको बाँधको नेपाल तर्फका नागरिकले व्यापक विरोध गरेपछि सरकारी संयन्त्र मार्फत समेत यस विषयमा छलफल गरेपछि ३ कि.मि. निर्माण पछि निर्माण बन्द भएको छ । हालसम्म १ हजार हेक्टर नेपाली भूमि डुबानमा परि सकेको यस बाँधको विषयमा नेपाल सरकारले सामान्य छलफल भन्दा अगाडी जान सकेको छैन।

१५.खाडो बाँध: सप्तरी जिल्लाको राजविराज दक्षिण लालपट्टीको खाँडो नदीमा बनेको यस बाँधले नेपालको १ हजार ९ सय हेक्टर भूमि डुवान हुदै आएको छ । नेपालले भारतीय पक्षलाई यस बाँधले पारेको असरका बारेमा वि.स.२०४९ सालदेखि जानकारी गराउदै आएको छ । वि.स. २०५४ सालको बाढीमा १ हजार ५ सय घर परिवारका करिब १० हजार मानिस प्रभावित भएका थिए । नेपालबाट भारततर्फ बग्ने यस नदीको प्राकृतिक बहावलाई भारतले रोकी दिँदा समस्या श्रृजना भएको छ ।

१६. कुनौली तटबाँध: सप्तरी जिल्लाको राजविराज दक्षिण पूर्व नेपाल–भारत सीमा स्तम्भ नं २२२ र २२३ को बीचमा भारतले सडक बनाउने भनि नाटकीय ढङ्गमा वि.स. २०४२ सालदेखि बनाउन शुरु गरेको कुनौली तटवाँध हो। दुई कि.मि लम्बाई ५ मिटर उच्चाई रहेको यस तटबाँधले सप्तरी जिल्लाको ११ गाँऊको करिब ५० हजार नागरिकलाई डुबान समस्याले पीरोली रहेको छ ।

१७. कोसी व्यारेज: वि.स.२०११ साल बैशाख १२ गते नेपाल–भारत वीच १९९ बर्षका लागि गरिएको विवादास्पद सम्झौताको नाम कोसी सम्झौता हो। सप्तरी र सुनसरी जिल्लाको सीमाना कोशी नदमिा व्यारेज बनाउदा नेपाललाई खास फाइदा छैन। नेपाली भूमि ६ हजार ८ सय हेक्टर डुबान हुदै आएको छ। वि.स.२०२२ साल राजा महेन्द्र र भारतका प्रम लाल बहादुर शास्त्रीले संयुक्त रुपमा व्यारेजको उद्घाटन गरेको थियो।

कोशी व्यारेजको लम्बाई ११७५ मिटर उच्चाई १८ मिटर र ५६ ढोका रहेको छ । पूर्व–पश्चिम राजमार्गमा पूलको काम गरिरहेको यस व्यारेज विभिन्न समयमा फुट्दा नेपालतर्फ र भारततर्फ समेत धन जनको ठूलो क्षति हुदै आएको छ। करिव ६३ बर्ष पुरानो बाँधको उचित मर्मत नहुँदा यो कुनै पनि वेला फुट्ने चेतावनी विज्ञहरुले दिएको कारण यो व्यारेज कुनै पनि बेला भत्कीने अवस्थामा पुगेको छ। कोशी सम्झौताको खासै पालन गरिएको छैन । बर्षा मौसममा नेपाल तर्फका ढोका खोली दिने र सुख्खा मौसममा भारततर्फ मात्र पानी सिचाइैका लागि लैजाने कार्य हुदै आएको छ।
१८. लुना तटबन्ध: मोरङ जिल्लाको पूर्वी भागमा भारतले दशगजामा नजिक भारतीय भूमिमा लुना तटबन्ध निर्माण गरेको छ। बक्राह नदीको प्राकृतिक बहावलाई रोक्ने गरी नेपाल–भारत सीमा न.१९८÷१ देखि १९८/९ सम्म निर्माण भएको ३०० मिटर तटबन्ध भत्काउने आदेश २०५६ सालमा भएपनि सो जस्ताको त्यस्तै रहेको छ। यस तटबन्धले ११ हजार हेक्टर भूमि डुबान हुदै आएको छ भने ४० हजार नेपाली प्रभावित भएका छन्।
क्रमशः
भारत सरकारले निर्माण तयारीका गरेको ३ बाँध, अन्र्तराष्ट्रिय कानुन एवंम डुबान समस्या समाधानका लागि नेपाल– भारत संयुक्त समितिको बारेमा आगामी अकं हेर्नुहोला ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि