स्वच्छ, सफा र हराभरा सोलुखुम्बु अभियान सुरु

Friday, August 25th, 2017 at 2:18 pm By:News Missile Health, Highlighted News 311 Views

भोजराज कार्की/सोलुखुम्बु । स्वच्छ सफा हराभरा सोलुखुम्बु अभियान २०७४ आजबाट सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा आजदेखि यो अभियान सुरु भएको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा “सफा सोलुखुम्बु” नारा सहित आज बिहान सदरमुकाम सल्लेरीको फाप्लुबजारदेखि सल्लेरीसम्म सरसफाई गरिएको छ ।

प्रजिअ थापाको नेतृत्वमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका प्रमुख, सरकारी कर्मचारी, पत्रकार, नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरी लगाएत स्थानीयको सक्रिय सहभागीतामा यो अभियान शुरु गरिएको हो।

सगरमाथा अवस्थित किल्लामा फोहोरको मात्रा बढ्न नदिने उदेश्य सहित सफा सोलुखुम्बुको अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी थापाको भनाई रहेको छ ।

प्रजिअ थापाले यो कार्यक्रमलाई जिल्लाको सम्पूर्ण बजार क्षेत्रमा अभियानकै रुपमा सञ्चालन गर्नका लागि गाउँपालिका, बजार व्यवस्थापन समितिसंग सहकार्य गरेर अगाडी बढ्नेमा जोड दिएका थिए ।

फोहोरको उचित व्यवस्थापन हुन नसक्दा पुरै बजार क्षेत्रमा दर्गन्ध बढेको स्थानीयवासीहरुको को भनाई छ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको कार्यकालमा प्रत्येक हप्ता आईतबार सल्लेरी सरसफाई गरिने भएपनि उनको सरुवासंगै अभियान स्थगित भएको थियो ।

नियमित सरसफाई हँुदा बजारको मुहार फेरिएको भएपनि अभियान स्थगित हुँदा पुन फोहोरका डङ्गुर बढ्दै गएको छ।

फोहोर व्यवस्थापनमा स्वयं स्थानीयवासी सक्रिय नहँुदा समस्या देखिएको प्रत्यक्षदर्शीको आरोप समेत खेप्नु परेको छ।

आजबाट शुरु गरिएको “सफा सोलुखुम्बु” अभियानलाई निरन्तरता दिनु पर्ने बौद्धिक सरोकारवालाहरुको जोड छ।

 


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि