जोन्सन एण्ड जोन्सन कम्पनी विरुद्ध शृङ्खलाबद्ध सुनुवाई, अहिलेसम्मकै ठूलो जरिवाना

Wednesday, August 23rd, 2017 at 11:12 am By:News Missile Crime, Health 277 Views

अमेरिकाको एक अदालतले औषधिजन्य सामाग्री उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनलाई ४१ करोड ७ लाख डलर क्षतिपुर्ति तिर्नुपर्ने आदेश दिएको छ ।

६३ वर्षीया इभा इचेभर्रिया नामकी एक महिलाले उक्त कम्पनीको टेल्कम पाउडर प्रयोग गर्दा पाठेघरको क्यान्सर भएको दावी गर्दै दायर गरेको मुद्दाको फैसलामा अदालतले क्षतिपूर्ति दिन आदेश दिएको बिबिसीले जनाएको छ।

इचेभर्रियाले ११ वर्षको उमेरदेखि आफूले जोन्सन एन्ड जोन्सन कम्पनीको टेल्कम पाउडर प्रयोग गर्दै आएको भन्दै सोहि पाउडरका कारण आफ्नो पाठेघरमा क्यान्सर भएको बताएको समाचारमा उल्लेख छ।

अमेरिकाका विभिन्न अदालतमा जोन्सन एण्ड जोन्सन कम्पनी विरुद्ध शृङ्खलाबद्ध सुनुवाई हुँदै आएको छ र अमेरिकी ईतिहासमा नै यो अहिलेसम्मकै ठूलो जरिवाना रकम भएको बताईएको छ ।

यस अघिदेखि नै हजारौँ महिलाले टेल्कम पाउडरको प्रयोगले पाठेघरको क्यान्सर भएको दावी गर्दै न्युजर्सीस्थित कम्पनीको मुख्यालयमा प्रर्दशन गर्दै आएका छन् ।

कम्पनीका प्रवक्ता क्यारोल गुडरिचले अदालतको फैसला बिरुद्ध अपिल गर्ने प्रतिक्रिया दिदै आफूुहरुले विज्ञानलाई मान्यता दिने भन्दै प्रबक्ता गुडरिचले पाउडरमा खराबी नभएको दावी गरेको समाचारमा उल्लेख छ।


Related Post

Empirical Literature
मेरो सानो स्तन छ भनेर के तपाई चिन्तित् हुनुहुन्छ ?
स्क्रब टाईफस ३२ जिल्लामा, ३ सय जनामा रोगको संक्रमण
स्वच्छ, सफा र हराभरा सोलुखुम्बु अभियान सुरु