कञ्चनपुरमा कबर्डहलको निर्माण कार्य सुरु

Monday, August 21st, 2017 at 9:50 pm By:News Missile Sports 1947 Views

कञ्चनपुर सम्वाददाता । कञ्चनपुरको महाकाली नगरापालिकामा स्थानीय खेल क्षेत्रलाई विकास गर्ने उदेश्यले कवर्डहलको निर्माण कार्य सुरु भएको छ।

युवा तथा खेलकुद विकास मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा मिनी कबर्डहल निर्माण हुन लागेको हो।

८० फिट लम्बाई, ६५ फिट चौडाई र १३ फिट प्यारामिटर भएको कबर्डहल युवा तथा खेलकुद विकास मन्त्रालयको १० लाख र महाकाली नगरपालिकाको ४ लाख लगानी रहेको निर्माण समितिका अध्यक्ष चन्दन सिहं थापा मगरले बताए।

महाकाली नगरक्षेत्रको खेलकुद विकासको लागि भन्दै कवर्डहल निर्माण गर्न लागिएको उनको भनाई थियो।

कबर्डहलमा ईन्डोर खेलहरुतर्फ ब्याड्मिन्टन, टेबल टेनिस, भलिबल, चेस र मार्सलआर्ट कराँते लगायतका खेलहरु खेल्न सकिने समितिका अध्यक्ष थापा मगरले बताए ।

नगरक्षेत्रमा कबर्डहल नहुँदा भईरहेको समस्यालाई मध्येनजर गर्दै नगरपालिका, स्थानीय सरोकारबाला निकायले ध्यान दिनु पर्ने समेत उनले बताए ।


Related Post

ग्लोबल च्याम्पियनसीपमा नेपालको सहभागी
नेपाल बन्यो समूह विजेता
Glocal Teen Hero 2017
‘प्रयास’ का साथमा खरो उत्रिँर्दैछन् धिताल