बलमिच्याँइमा भारतले बनाएका १८ बाँधहरु

Sunday, August 20th, 2017 at 12:10 pm By:SANU RAJA PURI Blogs, Highlighted News 1351 Views

नेपाल भूपरिबेष्ठीत, पहाडी भूभाग भएको स्वतन्त्र र सार्वभौम राष्ट्र मा बग्ने ६ हजार भन्दा बढी नदीनालाको बहाव उत्तर दक्षिण रहेको छ । प्राकृतिक नियम अनुसार पानी अग्लो स्थान बाट होचो स्थानतर्फ बग्दछ । तर पानीको प्राकृतिक बहावलाई विभिन्न कारणले रोक्दा प्रकोप वढ्दछ । भारतले नेपाली सीमा नजिक निर्माण गरेका १८ वटा बाँध र भविष्यमा निर्माण गर्ने बाँधले नेपाली भूमि डुबानमा पर्दै आएको छ।

भारत सरकारले नेपालबाटै भारततर्फ बग्ने नदीहरुलाई बलमिच्याँइपूर्वक ब्यारेज, बाँध आदि निर्माण गरी नहरको माध्यमबाट दक्षिण भारतसम्म पानी लैजाने नदी जडान आयोजना शुरु गरेको करिब ६० बर्ष भैसकेको छ। नेपालका ठूला साना अधिकांस नदीलाई भारतीय कब्जामा राख्ने नीति नदी जडान आयोजान हो। नेपालका सबै नदीनाला आफनो नियन्त्रणमा राखी पानीको अधिकतम उपयोग गर्ने भारतीय रणनीतिक योजना नै नदी जडान आयोजना भएकोले यसले नेपाललाई दिर्धकालीन प्रतिकुल असर पर्ने देखिएको छ।

भारतले एक आपसमा नदीलाई मिलाउने भारतीय योजानालाई सन् २००२ मा एक मुद्दाको सुनुवाई गर्दै भारतीय सर्वोच्च अदालले केन्द्रीय सरकारलाई नदी जडान आयोजना सन् २०१६ मा हरहालतमा सम्पन्न गर्न आदेश दिएको थियो । भारतीय सरकारले पानीको अधिकतम उपयोगका लागि भारतीय सरकारको गौरवको आयोजना भनि घोषणा गरि नेपाली भूमि डुबान हुने नेपाली जनता विस्थापित हुने धन जनको ठूलो क्षति नेपालले व्यहोर्दै आएको छ ।

नेपाल भारत स्वतन्त्र, सार्वभौम राष्ट्र भएकोले यी दुवै देशले अन्र्तराष्ट्रिय कानूनका मान्यता सिद्धान्तहरुलाई मान्नु पर्दछ। दुई देशको सीमा रेखाको रुपमा बग्ने नदीमा व्यारेज बाँध बनाउँदा दुबै देश सहमत हुनु पर्ने थुप्रै अन्र्तराष्ट्रिय कानूनको एकतर्फी रुपमा भारतले मिच्दै आएको छ ।

अन्र्तराष्ट्रिय कानून अनुसार माथिल्लो तटीय राष्ट्रको सीमा भन्दा १२ कि.मि तल्लो तटीय राष्ट्रले बाँध निर्माण गर्नु पर्ने कानूनी मान्यतालाई भारतले सरासर लत्याएको छ । नेपाली सीमा दशगजा वा सोको वरिपरि बाँध तटबन्ध जेजस्ता निर्माण भारतले गरिरेहको छ जसको लागि उसले नेपालसंग लिनु पर्ने सहमती लिएको छैन। भारतले छिमेकी देशको वातावरण विगार्ने, भूमि डुवान हुने छिमेकी देशको हानी नोक्शानी हुने कार्य गर्न नहुने हेलसिन्की अभिसन्धि–१९६६, म्याड्रिड घोषणा पत्र–१९११ लगायत संयुक्त राष्ट्रसंघका दर्जनौ कानूनलाई उल्लधंन भारतले गरी सकेको छ र आगामी दिनमा पनि यो कार्य अझ तिव्र हुनेछ।

नेपाललाई परेको प्रमुख असर डुबान समस्याको जड नेपाल–भारत सीमाको दशगजा क्षेत्र वा कतिपय स्थानमा नेपाली भूमिको अतिक्रमण गरि बनाएको बाँध र यसको प्रतिकुल प्रभाव नै हो । यसै साता कैलालीदेखि झापासम्मको नेपाली भूमि एकैपटक डुबानमा परेकोछ । नेपालसंग सीमा जोडिएका २६ जिल्लामा भारतले कुनै कुनै रुपमा बाँध, कलभट वा सडक बनाउने बहानामा नेपाल भएर बग्ने नदीको प्राकृतिक बहावलाई रोकी दिएको छ जसले बर्षा मौसममा नेपाली भूमि डुबानमा पर्दै आएको छ।

नेपाल भारतको १८०८ कि.मि. सीमाना मध्ये ५९५ कि.मि.सीमा ६० बटा ठूला साना नदीमा पर्दछ । ५९५ कि.मि.सीमा जलक्षेत्रले छुट्याएको छ। यस क्षेत्रमा भारतले बनाउदै गरेको बाँध कलभट आदिमा सरकार बेखवर भएपनि स्थानीय र भारतीय सुरक्षा फौज बीच वेला बेलामा झडप हुने गरेको छ। लाखौं नेपालीलाई विस्थापित, लाखौ हेक्टर नेपाली भूमि डुबाउने, अर्वाै रकम क्षति गर्ने १८ बाँध, तटबन्ध, कलभट र निकट भविष्यमा निर्माण गरिने ३ बटा बाँध समेतको ऐतिहासिक र वर्तमान

पृष्ठभूमि :-
१. लक्ष्मणपुर बाँध:- विवादास्पद र नेपालसंग सहमति नलिई बनाएको लक्ष्मणपुर बाँध बाँके जिल्लाको दक्षिणमा भारतीय भूमिमा पर्दछ। वि.स.२०३७ सालमा अध्ययन शुरु गरी २०३९ सामा निर्माण थालनी भएको लक्ष्मणपुर बाँध वि.स.२०४८ सालमा पूरा भएको थियो । वि.स. २०५४ सालमा कलकलवा तटबन्ध २२ कि.मि निर्माण गरिएको थियो । लक्ष्मणपुर बाँध भारतमा भएपनि नेपालको ५२ गाँऊका नागरिकहरु विस्थापित, ३ हजार ३ सय ६७ विगाह जमिन डुबानमा परेको छ। भारतले निर्माण गरेको यस बाँध नेपाली सीमाको ८ कि.मी तल मात्र पर्दछ । अन्र्तराष्ट्रिय कानुन अनुसार सीमाको १२ कि.मी परिधिमा बाँध निर्माण गर्दा छिमेकी देशको सहमती लिने विषयलाई भारतले अस्विकार गरेको छ।

२. महलीसागर बाँध:- नेपालको सीमारेखामा टाँसिने गरि कपिलबस्तु जिल्लाको नेपाल भारत सीमा स्तम्भ नं.५० र ५१ को बीचमा भारतले निर्माण गरेको महलीसागर बाँध २०६१ सालमा सम्पन भएको थियो। सन् १९०१ मा अंग्रेजहरुले बनाएको संरचनालाई भारतले एकतर्फी रुपमा वि.स.२०५९ सालमा बनाउँदा नेपालको ६ सय ५२ हेक्टर भूमि अतिक्रमण भएको छ । यस बाँधले ५ हजार नेपाली प्रभावित भएको पाइन्छ।

३. रसियावाल–खुर्द–लोटन बाँध:- प्राविधिक रुपमा बाँध भन्दा पनि तटवाँधको रुपमा रुपन्देहि जिल्लाको दक्षिण मर्चवारमा भारतले एकलौटी रुपमा बनाएको रसियावाल–खुर्द–लोटन बाँधले नेपालको १८ गाऊँ डुबानमा पार्दै आएको छ। १० कि.मी. यस तटबाँध वि.स. २०५८ सालमा निर्माण सम्पन भएपछि भारतका ८५ भन्दा बढी गाऊँ डुबान समस्याबाट मुक्त भएको छ । यसबाँधले नेपाल तर्फभने ४ हजार विगाह जमीन डुबान हुदै आएको छ।

(अन्य बाँध र यसले नेपाललाई पारेको प्रभावका बारेमा आगामी अकंमा…)


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि