चर्चाको शिखरमा नायिका खुस्बु, जताततै खुस्बुमय

Sunday, August 20th, 2017 at 9:30 am By:News Missile Entertainment, Film, Highlighted News 649 Views

काठमाडौँ । चलचित्र हुदै मोडलिङ क्षेत्रमा प्रवेश गरेकी स्थापित मोडल तथा नायिका खुस्बु अहिले दर्जनौ राष्ट्रिय अवार्डबाट सम्मानित हुदै चर्चाको शिखरमा पुगेकी छिन् । एक पछि अर्को गर्दै खुस्बुमा खुस्बुदार भुवाहरु थपिनुका साथै व्यस्ततामा पनि उत्तिकै चढ्दो छ ।

खुस्बुले यस वर्षमात्र आधा दर्जन भन्दा बढी चलचित्र तथा म्यूजिक अवार्डहरुबाट बेष्ट मोडल र नायिकाको उपाधि हात पारेर सम्मानित भैसकेकी छिन् ।

खुस्वुदार अनि सुडौल शरिरको त के वयान के गर्रौ । यसैपनि खुस्बु शब्द अत्यन्तै मार्मिक छ, त्यसमा पनि नायिका खुस्बु । खुस्बुले खुस्बुदार सुवासना छर्ने वित्तिकै वास्नायुक्त भूमरीमा आजकलका तिग्रे युवाहरु लठ्ठै पर्ने गरेका छन् ।

त्यसमाथि नशालु हेराईमा उनका अभिनय तथा नृत्यमा जो कोही पनि हुरुक्कै हुने गर्छन् । जसरी विजुलीको उज्यालोमा पुतलीले आफ्नो ज्यानै फाल्ने गर्दछन्।

लाग्छ कि उनका ती शरिरलाई कुनै असली कालीगढले कुँदेका खुस्बुदार फूलबुट्टाहरु । असली कालीगढाबाट निर्मित झै ती सुन्दर मूर्तिको तस्वीर देखेर संसारै भूल्न पनि पछि पर्दैनन् । यसरी आकर्षण नै आकर्षणले भरिएका उनका नशालु हाउभाउले मयूरी नृत्य पस्कने र देख्ने वित्तिकै दर्शकहरु साउने तथा भदौरे भेल झै उर्लिने गर्दछ।

सन्दरताकी खानी अनि खुस्बुदार जवानीका एउटा उदाउँदो नक्षत्र हुन् नायिका खुस्बु । केहि चलचित्रमै अभिनय गरेर छोटो समयमै ख्याति कमाएर यसरी उच्चकोटीकी दर्जामा पर्न सफल खुश्बुले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कला कौशल प्रस्तुत गरेकी छिन् भने हजारौ हजार दर्शकहरुको मनमुटुमा विर्सनै नसकिने छाप छोड्न सफल भइसकेकी छिन् ।

उनका ती मृग नयनी आँखा, सिमलको भूवा झै चोखो र स्वच्छ मन, हँसिली, रसिली अनि फरासिली स्वभावकी नायिका खुश्बुले सायना फिल्म मार्फत अभिनय क्षेत्रमा पहिलो पटक प्रवेश गरेकी हुन। उनले ६ दर्जन भन्दा बढी म्युजिक भिडियोमा वेजोड अभिनय पस्केकी छिन्।

त्यस्तैगरी फिल्मीक्षेत्रमा अभिनयको कुरा गर्दा खुस्बुले ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योति’ जुनी लगायत चलचित्रमा मुख्य नायिकाको रोलमा अभिनय गरिसकेकी छिन्।

सिन्धुपाल्चौकमा जन्मिएकी राष्ट्रिय स्तरकी तेक्वान्दो खेलाडी पनि हुन् । यसरी रुप र शीप लगाएत सम्पूर्ण गुणले भरिपूर्ण बहुप्रतिभाशाली नायिका खुश्बु खड्का एक्सन तथा लभ स्टोरी चलचित्रमा बेसी रुचि राख्ने गरेकी वताउँछिन्।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि