जुबुमा रोग नियन्त्रण तर पञ्चनमा फैलिएको रोग पहिचान हुन सकेन

Saturday, August 19th, 2017 at 7:15 pm By:News Missile Health 235 Views

भोजराज कार्की/सोलुखुम्बु । दुधकौशिका गाउँपालिका वडा नं ३ पञ्चनमा फैलिएको रोगको पहिचान हुन नसकेपछि जिल्ला अस्पताल फाप्लुका डाक्टरको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

एक महिना अघिदेखि बालवालिकामा देखिएको स्वास्थ्य समस्या बारे निरिक्षण गरी रोग पत्ता लगाउन रगत समेत संकलन गरेर डाक्टरको टोली सदरमुकाम फर्किएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र बस्नेतले जानकारी दिए ।

३० जना बालवालिकामा वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने, खान मन नलाग्ने, जिउ पहेलो हुने समस्या देखिएको छ। रोगको लक्षण चिन्हका आधारमा भाइरल हेपाटाइटिस भएको हुन सक्ने अनुमान गरिएको डाक्टर बस्नेतले बताए।

बस्नेतले भाइरल हेपाटाइटिसमा पनि दुषित पानी तथा दिशाको माध्यमबाट सर्ने हेपाटाइटिस ए हुन सक्ने भन्दै २० जनाको रगत परिक्षणका लागि संकलन गरेर ल्याइएको बताए । रिर्पोट आएपछि मात्रै रोगको एकिन पहिचान हुने बस्नेतको भनाई छ ।

जुबु पुगेर फर्कने क्रममा खबर गरिएपछि पञ्चनमा पुगेर स्वास्थ्य जाँच गर्नुका साथै रगत संकलन गरेर ल्याबमा ल्याईएको टोलीले जनाएको छ।

उता दुधकौसिका गाउँपालिका ४ जुबुको राम्चे र ज्यामिरेमा पहिचान हुन नसकेको रोगले गाउँमा महामारीको रुप लिएको थियो।

रोगका कारण एक बालकको समेत ज्यान गएपछि जिल्ला अस्पताल फाप्लुका डाक्टर राजेन्द्र बस्नेतको नेतृत्वमा आवश्यक औषधी सहित जुबु गएको थियो ।

डाक्टरको टोलीले इकोलाई व्याक्टेरियाको सक्रमण भएको पत्ता लगाएको थियो । १ सय ५३ जना विरामीलाई उपचार गरिएको र रोग पूर्णरुपमा नियन्त्रणमा आएको टोलीले जनाएको छ ।
दुषित पानी सेवनकै कारण इकोलाई व्याक्टेरियाको सक्रमणले त्यहाँ ८ बर्षदेखि ३५ बर्षसम्मका मानिस प्रभावित भएका थिए।

गाउँमा विरामीलाई औषधिको अभाव हुन नदिन र उपचारमा सहजताका लागि दुधकौशिका गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष नातीकाजी गुरुङले व्यक्तिगत लगानीमा ६० हजार बराबरको औषधि हेलिकोप्टर चार्टर गरी गाउँमा पुर्याएको थियो ।

जिल्ला अस्पतालबाट डाक्टर बस्नेतको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालयका कुमार केसी, ल्याव टेक्निसियन दिपक रोका सहितको टोली प्रभावित क्षेत्रमा खटिएर शुक्रबार नै सदरमुकाम फर्किएको छ।

 


Related Post

Empirical Literature
मेरो सानो स्तन छ भनेर के तपाई चिन्तित् हुनुहुन्छ ?
स्क्रब टाईफस ३२ जिल्लामा, ३ सय जनामा रोगको संक्रमण
स्वच्छ, सफा र हराभरा सोलुखुम्बु अभियान सुरु
जोन्सन एण्ड जोन्सन कम्पनी विरुद्ध शृङ्खलाबद्ध सुनुवाई, अहिलेसम्मकै ठूलो जरिवाना