वडो घातक डान्स यस्तो छ “मखमली” मा

Sunday, August 13th, 2017 at 7:00 pm By:News Missile Film, Highlighted News 1109 Views

काठमाडौ । नेपाली फिल्म “मखमली” को अफिसियल ट्रेलर गीत “आँखैमा गाजल” को फुल भिडियो गीत सार्बजनिक भएको छ।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो ट्रेलर “आँखैमा गाजल” गीतमा गायिका दुर्गा खरेलको आवाज रहेको गीत अत्यन्तै मीठासपूर्ण छ।

त्यस्तैगरी गीत शसि शर्मा मजगैयाको हो भने संगीत चाही अर्जुन पोखरेलको रहेको छ । भर्खरैमात्र नेपाली कथानक चलचित्र “मखमली” को ट्रेलर गीत “आँखैमा गाजल” लाई युट्यूब च्यानेल मार्फत सार्बजनिक गरिएको हो।

विभिन्न सञ्चारमाध्यमहरु लगाएत दर्शक श्रोतामाझ “मखमली” ले उत्तिकै नै पकड जमाइसकेको छ कि फिल्म “मखमली” कस्तो रैछ भनेर।

चलचित्र “मखमली” मा एकदमै सुन्दर, सुबानी र सफल नायिका सुभेच्छा थापाले असाध्यै राम्रो घातक नृत्य प्रस्तुत गरेकी छिन्। किनकि उनी अहिलेसम्म एकलै छिन् ।

साथ दिने जोडीको व्यापक खोजीमा छिन् उनी त्यसैले पनि दिलोज्यान दिएर लागि परेको आसय व्यक्त गरिएको छ “फिल्म मखमली” मा।

यसरी ३२ लक्षणले शुशोभित नायिका शुभेच्छा थापाको हरेक अङ्गप्रत्यङ्ग, हाउभाउ र चरित्र पनि अरुभन्दा भिन्न नै भएकोले फरक ढङ्गबाट देखाउन खोजिएको छ ।

यस मूभीसङ्गको छायांकन वासु वरालले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाको छ ।


Related Post

“रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ
प्रदेश नम्बर नं. २ का जनता आफ्नो मताधिकार प्रयोग गर्दै
‘अमेरिकन बाबु मेड इन नेपाल’ चलचित्रको पोष्टर रिलिज न्यूयोर्कवाटै हुने
छुट्टै मिठासले भरिएको गायिका देशु गोलेको ‘सायद मलाई’
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने