बलिउड स्टारका खान्कीमा रोचक तौर तरिकाहरु

Saturday, August 5th, 2017 at 7:34 pm By:News Missile Health, Highlighted News, Life & Style 451 Views

काठमाडौ । सेलिब्रेटीहरुको खान्कीको कुरा पनि कतिलाई कौतुहल लाग्न सक्छ । सवैले चिनेको र चर्चाको शिखरमा रहेका सेलिब्रेटी स्टारहरुको खान्की अलि फरक हुनु स्वभाविकै हो ।

जीउडाल एवम् शरीरको उचित स्याहार–सुसार गर्न र ज्यान बनाउन जथाभावी खान्की खानाले उनीहरुको स्वभावमा आम मानिसको भन्दा फरक नै हुने गर्दछ ।

नेपाली चलचित्रका सेलिब्रेटी स्टारहरुले खासै यस कुरामा नगरेतापनि बलिउडका सेलिब्रेटी स्टारहरु भने खान्कीमा विशेष महत्व राख्ने गरेका गर्छन ।

सेलिब्रेटी स्टारहरुहरुले अत्यन्तै होशियारपूर्वक पनि बन्ने गरेका गर्दछन् । तिनै बलिउडका स्टार सेलिब्रेटीहरुमा सलमान खान, ऐश्वर्य राय, प्रियंका चोपडा, दीपिका पादुकोण र आलिया भट्टका खान्की बडा रोचक तरिका रहेको पाइन्छ।

उनीहरुको खान्की तौर तरिकाहरु यस्ता छन्–

सलमान खान

सलमान खान मसालेदार भारतीय खाना र इटालियन फुड एकदमै मन पराउँछन् । खासगरी पाव भाजी, आइसक्रीम र पिज्जा उनको फेवरेट हो। तर, सलमानको ट्रेनरले उनको डाइट प्लानमा यी सबै खानेकुरा बन्देज गरी दिएका छन् र नयाँ डाइट चार्ट तयार पारि दिएका छन् ।

– सलमान खान ब्रेक फास्टमा लो फ्याट दुधसँग चार वटा अन्डाको सेतो भाग खान्छन् ।

– वर्कआउट अघि दुई वटा अन्डाको सेतो भाग, एमिनो एसिड ट्याबलेट र प्रोटिन शेक लिन्छन् ।

– वर्कआउटपछि बदाम, ओट्स, तीन वटा अन्डाको सेतो भाग सेवन गर्छन् ।

– मध्यान्हको खानामा सलादसँग सब्जी, पाँच वटा रोटी सेवन गर्छन् ।

– साँझको खानामा प्रोटिन बार, बदाम र नट्स सेवन गर्छन् ।

– रातको खानामा वेगन सुप, माछा वा चिकन, दुई वटा अन्डाको सेतो भाग खान्छन् ।

ऐश्वर्य राय

ऐश्वर्य राय गर्भावस्थामा निकै मोटाएकी थिइन् । उनको शरीर भद्दा देखिन्थ्यो तर, बच्चालाई जन्म दिइसकेपछि उनी पुन पूर्ववत् अवस्थामा फर्किएकी छिन् । यसका निम्ति, व्यायाम, योगा, खानपानमा खास ध्यान दिएकी थिइन्।

– ऐश्वर्यको आहार योजनामा सामान्यत प्रोटिन, पोषक तत्व र कम वोसोयुक्त खानेकुरा हुन्छ ।         उनी धेरैजसो उसिनेको सब्जी खान रुचाउँछिन् ।

– नास्तामा उनी एक गिलास पानी वा जुस लिन्छिन् । त्यसपछि टोस्ट लिने गरेकी छिन, जो ब्राउन     ब्रेड र ओट्सले बनेको हुन्छ । उनी दुध पिउन कहिल्यै भुल्दिनन् । दिनमा आठ देखि १० गिलास       पानी पिउने गरेकी छिन्।

– मध्यान्हको नास्ता उसिनेको सब्जी सेवन गर्छिन् , जुन पचाउन सजिलो हुन्छ । कहिले काहि भने    उनी एक कचौरा दाल पनि पिउँछिन्।

– साँझको खानामा उनी एकदमै हल्का खानेकुरा सेवन गर्छिन् । खासगरी एक कप ब्राउन राइस र       ग्रिल्ड माछा लिने गर्छिन्। ब्राउन राइसमा उच्च फाइबर हुन्छ र स्वस्थ्यकर पनि । ग्रिल्ड               माछामा प्रोटिन र ओमेगा ३ फ्याटी एसिड हुन्छ ।

– यसबाहेक उनी वोसोयुक्त, तारेको खानेकुरा सेवन गर्दिनन् । बरु, फल, सब्जी, ताजा रस पिउन        मन पराउँछिन्।

प्रियंका चोपडा

अभिनेत्री प्रियंका चोपडा नियमित योग गर्छिन् । मनको शान्ति र स्वास्थ्यका लागि योग महत्वपूर्ण हुने उनको अनुभव छ। आफ्नो सौन्दर्य र शरीरका लागि उनी योग, व्यायाम त गर्छिन् नै, खानपानमा पनि विशेष सर्तकता अपनाउँछिन्। उनी पत्रेदार सब्जी र फल आफ्नो डाइटमा सामेल गर्छिन्।

– नास्तामा एक गिलास स्किम्ड दुधका साथै दुई वटा अन्डाको सेतो भाग खान्छिन् ।

– मध्यान्हको खानामा दाल र सब्जीका साथ दुई वटा रोटी सेवन गर्छिन् ।

– त्यसपछि उनी नरिवल पानी र ड्राइ फुड्स लिने गर्छिन् ।

– साँझको नास्तामा उनी स्यान्डविच वा अंकुरित सब्जीसँग सलाद सेवन गर्न रुचाउँछिन् ।

– रातको खानामा सब्जीसँग सब्जीको सुप र ग्रिल्ड चिकेन सेवन गर्छिन् ।

दीपिका पादुकोण

दीपिका पादुकोण पनि आफूलाई फिट एन्ड फाइन राख्नका लागि नियमित व्यायाम गर्छिन् । उनी जिम पनि जान्छिन्। दीपिकाको खानपान पनि सन्तुलित र स्वस्थ्य हुने गर्छ ।

– नास्तामा दीपिका कम चिल्लो भएको एक गिलास दुध र दुई वटा अण्डा सेवन गर्छिन् ।

– मध्यान्हको खानामा ग्रील्ड माछासँग सब्जी सेवन गर्न रुचाउँछिन् ।

– त्यसपछि उनी बदाम र फिल्टर कफी रुचाउँछिन् । भोजनको वीचमा ताजा फल र फलको जुस         सेवन गर्छिन्।

– दक्षिण भारतीय भएका नाताले उनी सोही क्षेत्रमा बन्ने खाना रुचाउँछिन् । दीपिका आलु नभएको     डोसा र हरियो चटनीको साटो नरिवलको चट्नी मन पराउँछिन् ।

– रातको खानामा सब्जीसँग रोटी र सलाद सेवन गर्छिन् । उनी चामल खाँदिनन् ।

आलिया भट्ट

बलिउडकी चुलबुले स्टार आलिय भट्टको स्लिम बडीले सबैलाई लोभ्याउँछ । उनी फिट्नेसमा निकै ध्यान दिन्छिन्। आलिया हप्तामा एक दिन आरम गर्छिन् ।

– आलिया नास्तामा भारतीय परिकार पोहा रुचाउँछिन् । यो बिहान खाने महाराष्ट्रको लोकप्रिय           परम्परागत व्यञ्जन हो । यससँगै उनी सब्जी सेवन गर्छिन् ।

– मध्यान्हको खानाअघि उनी केहि फल र इड्ली सांभर खान्छिन् ।

– मध्यान्हको खानामा साधारण दाल, सब्जीसँग रोटी सेवन गर्छिन् ।

– साँझको खानामा इड्लीसँग चिया वा कफी लिन मन पराउँछिन् ।

– रातको खानामा दाल वा सब्जी र चिकेनसँग एउटा रोटी खाने गर्छिन् ।


Related Post

MASCULINE VS FEMININE MORALITY
What is Advertising?
Wai Wai Teen Hero
हरिराम र लिलाको मन्दिरमै वास