डडेल्धुरामा शतप्रतिशत रोपाइँ सकियो

Friday, August 4th, 2017 at 9:33 pm By:News Missile Agriculture, Highlighted News 359 Views

डडेल्धुरा सम्वाददाता । प्रदेश नम्बर सातको पहाडी जिल्ला डडेल्धुरामा सत प्रतिशत रोपाइँ सकिएको छ।

विशेष गरेर साउन महिना अन्तिमसम्म डडेल्धुरामा रोपाइँ सकिने समय भएपनि यो वर्ष भने साउनको दोस्रो साता भित्रै सम्पूर्ण रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ।

कृषकहरु वर्षातको सुरुवातसंगै रोपाइँमा लागेकाले यो वर्ष आगाडी नै रोपाइँ सकिएको कृषकहरुको भनाई रहेको छ। साउन १५ देखि २० सम्म पनि रोपाइँ हुने गर्दथ्यो तर यो वर्ष समयमा नै मनसुन शुरु भएकाले चाडै नै रोपाइँ सकिएको नवदुर्गाका किसान तारा विकले बताईन् ।

किसानहरु रोपाइँको काम सकेर अहिले आफ्नौ दैनिकी काममा व्यस्त छन् । जिल्लाको पाखो जग्गा तथा रोपाइँका लागि उपयुक्त खेती जग्गा गरि धान लगाउने कुल ६ हजार २ सय ३६ हेक्टर क्षेत्रफल मध्ये असार मसान्त सम्ममा ६ हजार ४९ हेक्टर क्षेत्रफल जग्गामा रोपाइँ भईसकेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।

स्थानीय तहको चुनाव आगाडी नै आधा भन्दा बढि रोपाइँ चुनावका लागि भनेर कृषकहरुले सिध्याएका थिए।

यो वर्ष जेठदेखि नै सक्रिय भएको मनसुनका कारण समयमै वर्षा भएपछि किसानहरुले पनि समयमै रोपाई गर्न शुरु गर्दा समयमै सम्पन्न भईसकेको जनाएको छ ।

डडेल्धुरा जिल्लाको नवदुर्गा, सकायल, अशिग्राम, सदरमुकामको घटाल डोटी क्षेत्र, बगरकोट क्षेत्र, असिग्राम रुवाखोला, रुपाल, अजयमेरुको समैजी, भद्रपुर, देवलको खाल, शिर्ष र आलिताल क्षेत्र धान उत्पादनका लागि प्रसिद्ध भूमि मानिन्छन् ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि