हरिराम र लिलाको मन्दिरमै वास

Friday, August 4th, 2017 at 8:51 pm By:News Missile Highlighted News, Life & Style 307 Views

बैतडी सम्वाददाता । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ८ का हरिराम दमाई र उनकी श्रीमती लिला दमाई घर नहुँदा मन्दिरमा बस्न बाध्य भएका छन् ।

घर पुरै चर्किएर बस्न नमिल्ने भएपछि उनीहरु मन्दिरमा बस्न बाध्य भएका हुन् । श्रीमान श्रीमती दुबै बोल्न नसक्ने र अपांग रहेका छन्। बस्न र खान केहि नभएपछि दिनमा पालमुनी र रात परेपछि त्रिपुरा सुन्दरी मन्दिरमा जाने गरेको स्थानीय सुशील क्षेत्रीले बताए।

दुबैजना अपांग भएकाले त्यहि अपांग भत्ताबाट उनीहरुले गुजारा चलाइरहेका छन् । बर्षायामको झरीमा पालमुनि बस्नु पर्ने भएकाले उनीहरुलाई निकै समस्या भएको छ ।

रेडक्रसले सहयोग स्वरुप पाल दिएपछि अहिले त्यहि पाल टांगेर बसिरहेका छन् । एक कोठे सानो घर भएपनि पुरै चर्किएकाले बस्न नमिल्ने हुँदा उनीहरुलाई समस्या भएको हो । हरिदमाईसंग आफ्नो जग्गाको लालपुर्जा नहुँदा झनै समस्या भएको वडा अध्यक्ष सुरेस थापाले बताएका छन् ।

अब उनीहरुको व्यवस्थापनका लागि आफूले पनि सम्बन्धित निकायसंग समन्वय गरी सहयोग गर्ने बताएका छन्। यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले आफूले पनि उनीहरुको पिडा देखेकाले तत्काल १२ दिन भित्र उनीहरुलाइ टिनकै भएपनि बस्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

 


Related Post

MASCULINE VS FEMININE MORALITY
What is Advertising?
Wai Wai Teen Hero
बलिउड स्टारका खान्कीमा रोचक तौर तरिकाहरु