‘एडी क्याब’ ले ल्यायो ट्याक्सी चढ्ने सजिलो उपाय

Wednesday, August 2nd, 2017 at 9:08 pm By:News Missile Science-Tech 472 Views

मान बहादुर बोहरा/काठमाडौं । पछिल्लो समय काठमाडौंमा ट्राफिक जामले समयमै आफ्नो गन्तव्यमा पुग्न सकिदैन।

ट्याक्सीमा जाने हो भने पनि मोलमोलाई गर्दा कतिपय अवस्थामा ट्याक्सी चालकसंग वादविवाद समेत हुने गर्दछ । तर, अब यी र यस्ता समस्याहरु सजिलै समाधान हुने भएका छन् ।

यस्ता समस्यालाई मध्यनजर गर्दै एडी क्याबले सजिलो तरिकाले ट्याक्सी बुक गर्ने प्रविधि ल्याएको छ । अब यो प्रविधि अपनाउँदा काठमाडौंमा ट्याक्सी चढ्न निकै सजिलो हुने भएको छ ।

एडी क्याबले ल्याएको प्रविधिका केही प्रमुख विशेषताहरु :

उचित मूल्य
सुरक्षित
आपतकालीन चेतावनी
सजिलैसित ट्रयाक गर्न सकिने
२४सै घण्टा सर्भिस
छिटो छरितो

कसरी बोलाउने एडी क्याब मार्फत घरमै ट्याक्सी ?

घरमै ट्याक्सी बोलाउनको लागि तपाईंले एडी क्याब मोबाइल एप्लिकेशन डाउनलोड गरि त्यसको प्रयोग गर्नु पर्ने हुन्छ । र त्यसै मोबाइल एप्लिकेशनबाट ट्याक्सीलाई बोलाउन सकिन्छ । यो एप्लिकेशन एप्पल स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ।

एप्लिकेशनलाई प्रयोग गर्ने तरिका यस्ता छन्ः

एप्स डाउनलोड गरि सकेपछि, एप्स खोलेर आफुलाई सजिलो हुने भाषा छनौट गर्नु सक्नुहुने छ । जस्तै, नेपाली वा अंग्रेजी भाषा । भाषा छनौट गरि सकेपछि तपाईंको नाम र मोबाइल नम्बर हालि दर्ता गर्न सक्नुहुनेछ।

दर्ता गरि सकेपछि “मलाई लिन आउनुहोस्” वा “Pick me up” बटन थिचि एडी क्याबको ड्राइभरलाई बोलाउन सक्नुहुनेछ।

तपाईंले बोलाएको ड्राइभर मध्ये सबै भन्दा नजिक वा ड्राइभरको स्टार रेटिङ्ग हेरि ड्राइभर छनौट गरि बोलाउन सक्नुहुनेछ।

भुक्तानीको बारेमा यस्ता छन् विषेशताहरु

एडी क्याबले अहिले नगद मात्र लिन्छ।
एडी क्याबले मिटरमा चढेको रकम बाहेक १७.०० रुपैयाँ बढी सेवा शुल्क भनेर लिने गर्छ।

ड्राइभर र प्यासेन्जर को विचमा वादविवाद भएमा त्यसको समाधानको लागि एडी क्याबले २४ सै घण्टा वादविवाद विभागको स्थापना समेत गरेको छ ।

यो एप्स चलाउन नआएको खण्डमा सिधै एडी क्याबको २४ सै घण्टा उपलब्ध कल सेन्टरमा फोन गरेर पनि ट्याक्सी बोलाउन सकिने सुविधा रहेको छ ।

जसको लागि हन्टिङ लाइन नंम्बर ०१ ४४१४२४१/४४१३२४१ र टोल फ्रि नंम्बर १६६० ०१ ७७७११ मा सम्पर्क गर्न सकिन्छ।

काठमाडौंमा ट्याक्सी पाउन झन्झटिलो हुनु र भाडामा मोलतोल गर्दा व्यहोर्नु पर्ने झन्झटलाई एडी क्याबको यो प्रविधिले समाधान गरिदिएको छ ।

मोबाइल एप्लिकेशन सोलुशन्स्ले यो एप्स बनाउनको लागि झण्डै डेढ वर्ष अनुसन्धान र सुझाव लिई तयार गरेको प्रमुख कार्यकारी अधिकृत ब्रिजेश प्रसाद गुप्ताले जानकारी दिए ।


Related Post

जैविक प्रविधि राष्ट्रिय सम्मेलन शुरु
वर्षभरिकै लामो दिन आज, भोलिबाट रात लम्बिएर जाने
पिउन योग्य बनाए बैज्ञानिकहरुले
उत्तरको प्रक्षेपण, विश्वलाई चुनौति