पूर्व मिस नेपाल, नायक नायिका र गायक गायिकाकोसाथमा दरखाने कार्यक्रमको भब्य आयोजना

Wednesday, August 2nd, 2017 at 8:14 am By:News Missile Art & Culture, Highlighted News 496 Views

काठमाडौ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको काठमाडौ जिल्ला कमिटीको आयोजनामा यो बर्षको तीजको भव्यतापूर्ण दरखाने कार्यक्रमको हुने भएको छ ।

आयोजक काठमाडौ जिल्ला कमिटीका अध्यक्ष तथा प्रसिद्ध मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठका अनुसार तीजको दरखाने कार्यक्रम यही साउन २८ गते शनिवारका दिन काठमाडौको नयाँबजार लिंकरोडस्थित जस्मिन पार्टी प्यालेसमा हुने भएको छ ।

नेपाली सौन्दर्यकर्मी महिला दिदीबहिनीहरुमा तीजको रौनकतासँगै मैत्रीपूर्ण दर खाने र खुवाउने यो विशेष कार्यक्रममा प्रमुख आकर्षणका केन्द्र विन्दुको रुपमा पूर्वमिस नेपाल उषा खड्गी रहने भएको छ।

यस्तैगरी कार्यक्रममा विशिष्ट अतिथिकासाथमा गायिका योजना पुरी, नायक तथा मोडल दिक्पाल कार्की लगायतको विशेष उपस्थिति र आकर्षण हुने आयोजक कमिटीकी अध्यक्ष गंगा ज्यो श्रेष्ठले वताइन्।

सौन्दर्यकर्मी महिला दिदीबहिनीहरुको हक, हित तथा अधिकारका लागि कटिवद्ध संस्था सौन्दर्यकर्मी युनियन नेपाल काठमाडौ जिल्ला कमिटीको यो गौरवमय कार्यक्रम भएको अध्यक्ष श्रेष्ठको दाबी छ।

सौंदर्यकर्मीहरुको भिडसँगै काठमाडौमा रहेका सौन्दर्यकर्मी महिला दिदीबहिनीहरुको बृहत जमघट हुने भएको छ।

आयोजित कार्यक्रममा विशिष्ट पाहुना र आगन्तुक पाहुनाहरुसँगै नाँची नाँची, बारुले कम्मर भाँची भाँचीकन बर्षभरिका दुःखलाई विर्सनेगरी नाँच्ने ठूलै धोको रहेको आयोजक श्रेष्ठले वताएकी छिन् ।


Related Post

बमवर्षक विमान उत्तर कोरिया नजिक
ऐतिहासिक कार्यक्रममा दुई गुरु सहित पत्रकार श्याम स्मृत विशेष सम्मान तथा पुरस्कारबाट पुरस्कृत
शुभकामना आदान प्रदान तथा बृहत् रक्तदान कार्यक्रममा शतक रक्तदाता कर्माचार्य सम्मानित
६ स्थानीयतहलाई स्मार्ट सिटी बनाउन सहयोग गर्ने प्रतिवद्धता
उम्मेद्वार छनौट र टिकट वितरणप्रति असन्तुष्टि